After header

कानुनी परामर्शका लागि राष्ट्रपतिले बोलाएर कानुनीविद्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी परामर्शका लागि कानुनविद्हरुलाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएका छन् ।भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे परामर्श लिन राष्ट्रपति पौडेलले कानुनविद्हरुलाई छलफलका लागि डाकेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार साँझ ५ः४५ बजेका लागि कानुनविद्हरुलाई बोलाइएको छ । परामर्शका लागि कानुनविद्हरु विपिन अधिकारी, भीर्माजुन आचार्य, शम्भु थापा, हरिहर दाहाल लगायतलाई आमन्त्रण गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले विच ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी सहमति बनेको छ । कतिपय कानुनविद्हरुले ७६ (२) को सरकारले विश्वासको मत पाउन नसके ठूलो दलका आधारमा ७६ (३) अनुुसार सरकार गठन हुने बताउँदै आएका छन् ।

एक पटक पढ्नुहोस