काठमाडौं । सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको मृत्यु भएको जनाईएको छ । जहाजमा चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ ।
एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको बताएको छ । यस बाहेक विमानमा अन्य सर्वसाधारण नभएको उनले बताए ।
विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट संजित कटुवाल रहेका थिए । विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने विदेशी नागरिक हुन् ।

