After header

काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु ः केन्द्रीय सदस्य हुमागाई

काभ्रे । भनिन्छ नि, दाजु भाईको अंश मुद्धा नमल्दिा या अन्यसगँ झै–झगडा हुँदा पानी बारबार हुन्छ । तर उस्तै प¥यो भने जीवनभर बोलिचाली नै बन्द हुन्छ । तर, राजनितिमा भने यस्ता वैमनष्य फरक देखिँदो रहेछ ।उखान छ, ‘राजनितिमा कहिल्यै शत्रुता र मित्रता हुदैन’ ।

तर, यसको ठ्याक्कै उल्टो देखिएको छ यतिबेला नेपाली काँग्रेस काभ्रेमा । लामो समयदेखि राजनितिक शत्रुता बढेको काभ्रे काँग्रेसमा यतिबेला नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले काभ्रेमा कुनै गुट–उपगुट नभएको र काभ्रे काँग्रेसलाई आफू रहुन्जेल एक ढिक्का बनाएर अगाडि बढ्ने बचनबद्धता ब्यक्त गरेका छन् ।

त्यसो त, गत २०७९ को संसदीय निर्वाचनमा काभे्र प्रतिनिधिसभा क्षेत्र नं र्२ मा ठूलो ‘हार ब्यहोरे’पछि उनलाई काभे्र काँगे्रसलाई एक् ढिक्का बनाउनुपर्ने महसुस भएको हुनुपर्छ । आफ्नै नेताकर्ताको असहयोगका कारण हारेपछि हुमागाई यो अभियानलाई अघि बढाउन तयार भएको पनि चर्चा नभएको हैन ।

आफु्ना नजिक र चिडिएका नेताकार्यकर्ताले एक ढिक्काको भावना ब्यक्त गरिरहँदा हुमागाईको यो अभियानलाई मलजल पुग्ने देखिन्छ । ‘म मेरै साथीभाईका कारण चुनाव हारे, अब भोलिका दिनमा काँगे्रसका उम्मेदवार हुँदा काँगे्रसकै कारण हार्ने अवस्था बनाउँदिन, यसमा सबैको साथ र सहयोग आवश्यक छ, यो अभियानको अभिभावकत्व म औं गर्छु” हुमागाईं भेटघाट र कार्यक्रममा भन्दै आएका छन् ।

केहि दिनअघि बनेपामा नेपाल विद्यार्थी सघंको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य हुमागाईले समग्र कार्यकर्ताहरुबाट पार्टी एकीकरण हुनुुपर्ने विषयमा दवाब आएको खुलासा गरेका थिए । निर्वाचनको विषयलाई लिएर जिल्लाका केही नेताहरुलाई कार्बाहीको सिफारिस भएको र त्यसको औचित्य सकिएको बताउँदै कार्बाही गर्ने निर्णय बदर गर्नुपर्ने विचारसमेत व्यक्त गरेका थिए ।

उनले नेवि सघंको कार्यक्रममा काभ्रे जिल्ला सभापतिलाई अब काभ्रे काँग्रेस ‘एक ढिक्का’ बनाएर लैजानेसम्म हो भने । मनमा ईगो लिने हैन साथी बढाउने र काभ्रे काँग्रेसलाई एक ढिक्का बनाउने र त्यसको नेतृत्व आफूले गरेर काभ्रे काँग्रेसमा कुनै गुट–उपगुट नरहने पनि बताए ।

हुमागाईंले सार्वजनिक कार्यक्रम बोलेको दुई दिनपछि सामाजिक सन्जालमार्फत आफूले कार्वाही गरेको नेताहरुसँग भेटघाट गरेको फोटो बाहिरिए । उनले भने ‘म काभ्रे काँग्रेसलाई गुट–उपगुट हैन, एक भएर लैजाने तिर मेरो भूमिका रहन्छ ।’

केही दिनअघि हुमागाईको पनौतीस्थित निवासमा केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य र गणेश लामा, प्रतिनिधि सभा–२ का सभापति महेश खरेललगायत अन्य नेताकार्याकर्तासगँको भएको भेटघाटमा काभ्रे काँग्रेस एकढिक्का भएको र हिजोको अवस्थामा जे–जस्ता भयो आजको दिनबाट त्यो सकिएको बताएका थिए ।

उक्त छलफल कार्यक्रममा केन्द्रीय सदस्य हुमागाईले पार्टीमा एकीकरणको महत्व उल्लेख गर्दै कुनै स्वार्थ नराखी आफ्नै नेतृत्वमा काभ्रे काँग्रेस एक ढिक्का बनाएर छाडने उनको भनाई थियोे । ‘काभे्र काँग्रेस बलियो छ भन्ने प्रमाण देखाउनु छ, यसको मुख्य उपाय भनेको नै हामी एक हुनु हो, अब म अभिभावकीय भूमिकामा रहेर काभ्रे काँग्रेस एक ढिक्का बनाएरै छोड्छु’ उनले भनेका छन् ।

त्यसयता गुट–उपगुट समाप्त पार्दै काभ्रे काँग्रेसलाई एकढिक्का बनाउने कार्यमा केन्द्रीय सदस्य हुमागाईले नै नेतृत्व लिन अग्रसर भएका छन् भने अर्का २ केन्द्रीय सदस्य आचार्य र लामा तथा नेता खरेललगायतका नेता त्यसको पक्षमा देखिएको पाइएको छ । छलफलका क्रममा हुमागाई निवासमा जम्मा भएका नेताहरुले ‘काभे्र काँग्रेस एक ढिक्का हुनु’को विकल्प नरेहेको बताएका थिए ।

विभिन्न गुटका कारण पार्टीभित्रको विवाददेखि पटकपटक निर्वाचनमा हार व्यहोर्दै आएको काभ्रे काँग्रेस अन्ततः दिगो रुपमा एक हुने मार्गमा अघि बढेको चर्चा छ । चर्चा चलेसँगै उक्त भेटघाटलाई निकै महत्वका साथ पनि हेरिएको छ ।

निर्वाचनकै विषयलाई लिएर निर्वाचनपछि नेताहरुमा उत्पन्न हुने मनमुटाव कार्बाहीको अवस्थासम्म पुग्ने र त्यसको प्रभाव अर्को निर्वाचनसम्म पुग्ने गरेको ‘नजिर’काबीच हुमागाईले कार्बाही आममाफी र पार्टी एकीकरणको प्रस्तावपछि काभ्रे काँग्रेसका नेता कार्यकर्तामा एक प्रकारको खुशीयाली छाएको देखिन्छ ।

‘काभे्रका काँगे्रस नेताहरुबीच मेलमिलापको विषय बाहिरिएको छ, यो सकारात्मक र स्वागत योग्य छ’ एक काँग्रेस कार्यकर्ताले भने । गुट–उपगुटको प्रभाव जिल्लादेखि स्थानीय तह वडास्तर तथा सबै भातृ संगठनमा परेकै कारण निर्वाचनमा सोचेजस्तो परिणाम हात नपरेको पनि उनले गुनासो गरे ।

यसैबीच, काभे्र काँगे्रसका नेताबीचको एकतालाई काभे्र एमालेले पनि निकै चाखपूर्ण रुपमा हेरेको पाइएको छ । कतिपय एमालेका नेताहरुले यसलाई सकारात्मक रुपमा हेरेका छन् भने कतिपयले हुमागाईंलाई ‘चतुर’ नेताको संज्ञा दिँदै एकपटक अन्य पार्टीलाई धक्का दिने हिसाबले लागेको बताएका छन् ।

‘काभे्र काँगे्रस एक ढिक्का हुनु सकारात्मक विषय हो, तर सबैलाई मिलाएर लैजानसक्ने खुबी पनि देखिन्छ हुमागाईंमा, यसबाट एमाले झस्किएको पनि देखिन्छ’ एक एमाले जिल्लास्तरीय नेताले भने । उनका अनुसार काभे्र काँगे्रस एक ढिक्का हुँदा प्रतिस्पर्धी एमालेलगायत अन्य वामपन्थी पार्टीलाई आउँदो निर्वाचनमा ठूलै धक्का पुग्ने देखिन्छ ।

एक पटक पढ्नुहोस