काभ्रे । वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रलाय, स्वास्थ्य निर्देशनलय आयुर्वेद बैकल्पिक चिकित्सालयको आयोजनामा जिल्लामा रहेको क्रियाशिल पत्रकारहरुसगँ अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आयुर्वेद सेवा प्रभावकारी बनाउँदा नागरिकहरु लाभान्वित हुने बताए ।
स्थानीय तहसँगको समन्वयमा सेवालाई अझै प्रभावकारी बनाउन, सेवा नभएका स्थानमा घुम्ति सेवा संचालन गर्न र नागरिकहरुका गुनासा सम्बोधन गर्न अनुरोध गरे । जिल्ला स्थित आयुर्वेद तथा बैकिल्पक चिकित्सालयका प्रमुख डा.अर्जुन उपाध्यायले सेवा, सेवाका प्रकार र गुणस्तर, आवश्यकता तथा भएका कार्यक्रम र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।

सरकारले अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बजेट कटौती गरिसकेको, बर्षात तथा विपत्तिका कारण थप बजेट कटौतीमा पारेको र केहि महत्वपूर्ण कार्यक्रमहरु ओझेलमा परेको भए पनि नागरिकहरुलाई सेवा प्रवाहमा अझै सक्रियताका साथ कार्यालयले समन्वय गरिरहेको डा. अर्जुन उपाध्यायले बताए ।
कार्यक्रममा स्वागत मतन्य राख्दै बरिष्ठ बैद्य जानुका भट्टराईले योग र आयुर्वेदका अभ्यास तथा कृयाकलापहरुलाई दैनिक जीवनमा प्रयोगमा ल्याउन अनुरोध गरिन् । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले आयुर्वेद दैनिक जीवनमा प्रयोग गर्ने गरी निर्विकल्प हुनु पर्ने बताए ।
सेवालाई सहज बनाउन नागरिकमैत्री सेवालाई तल्लो तहसम्म पु¥याउनु पर्ने अध्यक्ष न्यौपानेले बताए । कार्यक्रम कविराज निरिक्षक प्रताप लामाले संचालन गरेका थिए । कार्यक्रममा जिल्लामा कार्यरत संचारकर्मीहरुले विभिन्न विषयमा राखेका जिज्ञासाका बारेमा प्रमुख उपाध्यायाले प्रस्ट्याएका थिए ।
आयुर्वेद तथा बैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकले आयुर्वेद सेवाको प्रर्वद्धन गर्ने उदेश्यले संचारकर्मीहरुसँग अन्तरक्रिया राखेको आयोजकले जनाएको थियो । सेवाग्राहिहरुको बढ्दो विश्वासलाई अझै फराकिलो बनाउन आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले खेल्नु पर्ने भूमिकाका बारेमा संचारकर्मीहरुले सुझाव दिएका थिए ।
