After header

प्रेस चौतारी नेपाल काभ्रेको अध्यक्षमा केदार

काभ्रे । प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं जिल्ला अधिबेशनबाट केदार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा सन्तोष चौंलागाँई, महिला उपाध्यक्षमा सविता न्यौपाने, सचिवमा विकास तिमल्सिना, सह–सचिवमा रञ्जित बोहोरा, सहसचिव समावेशीमा बुद्धकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मणीराम दाहाल निर्वाचित भएका छन् ।

सदस्यमा अमिता शाह ठकुरी, बालकृष्ण बजगाँई, नवराज ढकाल, लोकबहादुर थापा, अमित न्यौपाने, सिर्जना सापकोटा र जयराज बजगाँई निर्वाचित भएका छन् । समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष समेत रहेका चौलागाई मंगलबार नै चौतारीमा फर्किएका उनलाई चौतारीले जिल्ला उपाध्यक्ष बनाएको छ भने चौतारीमा नै फर्किएका समाजवादीका केन्द्रीय सदस्य बुद्धकुमार श्रेष्ठ (रोहित) समावेशी सहसचिवको जिम्मेवारी दिइएको छ ।

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले अधिबेशनको उद्घाटन गदै सञ्चार क्षेत्रले समाजको रुपान्तरणमा ठुलो भूमिका खेलेकको बताए । यद्यपी स्वतन्त्र प्रेस मर्यादाभित्र हुनुपर्नेमा उनले जोड दिएका छन् ।

अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, प्रेस चौतारीका नेता विश्वमणी सुवेदी, प्रेस चौतारीका केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज बिष्णु तारुके, केन्द्रीय सदस्य एवं पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईं, एमाले जिल्ला कमिटी सदस्य एवं चौतारी इन्चार्ज श्याम सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट भुवन रायमाझी र टिपी शर्मा युवा पत्रकारिता पुरस्कारबाट जगतमान बललाई पुरस्कृत गरिएको छ भने नेपाल पत्रकार महासंघ काभ्रेको निर्वाचित कार्यसमिती र अन्य समितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई ज्ञापन गरिएको थियो ।

एक पटक पढ्नुहोस