After header

कैलालीमा झुन्डिए आमा सहित दुई वर्षका छोरा मृत अवस्थामा

धनगढी । कैलालीमा आमा सहित दुई वर्षका छोरा मृत अवस्थामा फेला परेको छ । कैलालीको गोदावरी नगरपालिका – ११ गोठानमा बिहिबार साँझ आमाछोरा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कविन्द्रसिंह बोहराले बताए । उनकाअनुसार दुवै जना बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

मृतक मिराका सहोदर देबर नरेश बिकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने घटनाका बेला उनकी सासु आमा पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ ।मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस