After header

शान्दार मःम ग्यास विस्फोटबाट घाइते राई र घलेको मृत्यु

काठमाडौं । केहीदिन अगाडि शान्दार मःम ग्यास विस्फोटबाट घाइते राई र घलेको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंको कमलपोखरीमा रहेको शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा उनीहरुको निधन भएको परिसरका एसपी अपिलराज बोहोराले जानकारी दिए । उनका अनुसार घाइतेको सोमबार मृत्यु भएको हो । गत बिहीबार मःम पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए ।

एक पटक पढ्नुहोस