After header

अर्थविद् चन्दको लेखनमा नेपालको विकास कसरी गर्ने शिर्षकमा पुस्तक सार्वजनिक

काठमाडौं । आफ्नो बुबाको तिथिको दिन पारेर आज फागुन ३ गते सुप्रसिद्ध अर्थविद् डा. शेरजंग बहादुर चन्दले एक महत्पूर्ण किताब सार्वजनिक गरेका छन् । उनले आफ्नो बुबाको सम्झनामा र बाल्यकालमा बुबाको समाजसेवा बाट पे्ररित र हाल नेपालको अवस्थाको बारेमा उनले उक्त किताब लेखेका हुन् ।

उनले सार्वजनिक गरेको उक्त पुस्तक नेपालको विकास कसरी गर्ने भन्ने मूलक शिर्षकमा रहेर उक्त किताब लेखेका हुन् । सधै जसो उनले उस्तै उस्तै नेपालको चिन्तन गरेर आफूले भोगेको र समाजमा देखेका र भोलिका दिनमा गनुपर्ने नेपालको विकासका बारेमा उनले पुस्तक लेख्दै आएका छन् ।

नेपालको आर्थिक विकास र समृद्धिका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने पुस्तक नेपालको विकास कसरी गर्ने भनेर उनले यस पुस्तक बजारमा ल्याएका छन् । अर्थविद् शेरजंग बहादुर चन्दद्वारा लिखित यो पुस्तक इन्दिगो इन्क द्वारा प्रकाशित गरिएको छ । पुस्तकमा नेपाललाई दिगो र समावेशी आर्थिक वृद्धिको दिशामा कसरी अघि बढाउने भन्ने मूलकुरा रहेको उनले बताए ।

पुस्तकमा विशेषगरी नेपालको विकासका प्रमुख क्षेत्रहरू उद्योग तथा व्यापार, नेपालको औद्योगिक पूर्वाधार कसरी मजबुत बनाउन सकिन्छ र निर्यातमुखी उत्पादनलाई प्रवद्र्धन गर्ने उपायहरू के हुन सक्छन् भन्ने विषयमा विस्तृत विचार प्रस्तुत गरिएको बताए । पर्यटन, नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा कसरी प्रतिस्पर्धी बनाउन सकिन्छ, पर्यटकीय पूर्वाधारलाई कसरी सुधार गर्न सकिन्छ भन्ने सम्बन्धमा सुझावहरू राखिएको उनले बताए ।

पुस्तकमा वैदेशिक लगानी नेपालमा लगानीमैत्री वातावरण कसरी सिर्जना गर्ने, नीति तथा नियममा आवश्यक सुधार कसरी गर्ने भन्ने सम्बन्धमा पुस्तकले मार्गदर्शन रहेको उनले दावी गरे । संरचनागत विकास, यातायात, ऊर्जा, डिजिटल पूर्वाधार, र जलस्रोत विकास जस्ता क्षेत्रमा सुधार गरेर आर्थिक वृद्धिलाई कसरी तीव्र बनाउन सकिन्छ भन्ने विषय पुस्तकको लेखनमा केन्द्रीत रहेको उनले बताए ।

सञ्चार तथा प्रविधि डिजिटल नेपाल निर्माणका लागि अत्याधुनिक प्रविधिको विकास र नवप्रवर्तन, नवीनताको आवश्यकताबारे पुस्तकमा सुझाव दिएको उनले बताए । शिक्षा र स्वास्थ्य मानव पूँजी विकासका लागि शिक्षाको गुणस्तर सुधार गर्ने, आधुनिक प्रविधिसहितको स्वास्थ्य सेवा कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्ने विषय पुस्तकमा समेटिएको अर्थविद् चन्दले बताए ।

शहरी तथा ग्रामीण विकास योजना, नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई एकसाथ कसरी आर्थिक विकासको मूल प्रवाहमा ल्याउने भन्ने सुझाव पुस्तकमा रहेको बताए । विदेश व्यापार र कूटनीति अन्तर्राष्ट्रिय व्यापार नीति सुधार गरेर, छिमेकी तथा अन्य देशहरूसँगको व्यापार तथा कूटनीतिक सम्बन्धलाई कसरी बलियो बनाउने भन्ने सन्दर्भ पुस्तकको मुख्य बुँदा आफूले समेटिएको उनले बताए ।

अन्य देशहरूको अनुभवबाट सिक्ने उपाय विश्वका सफल अर्थतन्त्रहरूले अपनाएका रणनीति नेपालमा कसरी लागू गर्न सकिन्छ भन्ने विषय पुस्तकको विशेष आकर्षण रहेको उनले बताए । नेपालको भविष्यको लागि एउटा महत्वपूर्ण दस्तावेज रहेको र नेपालको विकास कसरी गर्ने पुस्तकले नेपाललाई आत्मनिर्भर, प्रतिस्पर्धी र समृद्ध अर्थतन्त्र बनाउने स्पष्ट खाका प्रस्तुत गरेको उनले दावी गरे ।

पुस्तक नीति–निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी, व्यवसायी तथा नेपाल विकासप्रति चासो राख्ने जो कोहीका लागि अत्यन्त उपयोगी दस्तावेज रहेको उनले बताए । आफूलाई नेपालको विकास कसरी गर्ने जिवनमा यस्तै खालको चिन्ता रहेकोले आज प्रकाशित गरिएको पुस्तक आम नेपालीले अध्ययन गरेर सल्लाह सुझाव दिन समेत लेखक सुप्रसिद्ध अर्थविद् शेरजंग बहादुर चन्दले आग्रह गरेका छन् ।

एक पटक पढ्नुहोस