गोविन्दराज जोशी बागी बनेपछि रामचन्द्र तनावमा

काठमाडौँ, १६ कात्तिक – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पूर्व गृहमन्त्री एवं पुर्वसहमहामन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका छन् ।

जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट टिकट माग गरेका थिए तर कांग्रेसले बरिष्ठ नेता पौडेललाई टिकट दिएपछि जोशीले बागी उम्मेदवारी दर्ता गराएका हुन।

नेपाली काङ्ग्रेसले स्थानीय कार्यकर्ता र जनताको भावना विपरित रामचन्द्र पौडेललाई टिकट दिएकाले आफू स्वतन्त्र उम्मेदवार बन्न बाध्य भएको जोशीले बताए ।

जोशीले यसअघि सो क्षेत्रमा आफ्नो उम्मेदवारी दावी गर्दै दमौलीमा प्रदर्शन समेत गरेका थिए ।

यसैबीच पाैडेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

 

एक पटक पढ्नुहोस