After header

पत्रकार सुरेशको हत्या र सञ्चारमाध्यम माथि भएको ज्यादतीविरुद्ध काभ्रेमा पत्रकारहरुको प्रदर्शन

काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध सभा आयोजना गरेको छ । चैत १५ गते काठमाडौंमा राजावादी शक्तिले गरेको आन्दोलन अराजक र हिंस्रक हुँदा भएको पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध महासङ्घले काभ्रेको बनेपामा सभा गरेको थियो ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद कुमार न्यौपानले पत्रकारको हत्यामा संलग्न जो सुकै भए पनि कारवाहीको माग गरे । संचारकर्मी र संचारमाध्यम प्रतिको आक्रमण कायरताको उपज भएको बताउँदै न्यौपानेले नागरिकहरुको हक र अधिकारको रक्षाका लागि प्रेसको मुख थुन्ने कार्य बन्द गर्न चेतावनी दिए ।

सभामा महासंघका पुर्व अध्यक्षहरु भोजराज तिमल्सिना, भोला थापा, महेशराज पौडेल, मोतीराम तिमल्सिना, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका पुर्व अध्यक्ष रोजन तामाङ,फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, सन्चारिका समुह काभ्रेका अध्यक्ष सुनिता सापकोटा, राष्ट्रिय फोटो पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष केशवराज पौडेल, सामुदायिक रेडियो प्रशारक मन्चका जिल्ला संयोजक रमेश न्यौपाने, नेपाल तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष लोकबहादुर तामाङ लगायतले प्रेस माथी भएका आक्रमण र हत्याको भत्सर्ना गर्दै स्वतन्त्रतापुर्वक सञ्चारकर्म गर्ने अवस्था सृजना गर्न अनुरोध गरेका थिए ।

पत्रकारसँग आवद्ध संघ संगठनले घटनाको विरोध गर्दै विज्ञप्ती प्रकाशन गरेका छन् । पत्रकार सुरेश रजकलाई राजावादी आन्दोलनकारीहरुले फोटो खिचिरहेका बेला घर भित्र थुनेर आगो लगाएर हत्या गरेका भिडियोहरु सार्वजनिक भएका छन् । विरोध ¥याली बनेपाको चारदोवाटो हुँदै चाँदनीचोक पुगेर सभामा परिणत भएको थियो ।

एक पटक पढ्नुहोस