After header

मोटरसाईकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाईते

विराटनगर । मोटरसाईकल दुर्घटनामा आमाको मृत्यु भएको छ भने छोरा घाईते भएका छन् । मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार साँझ भएको दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो । मोटरसाइकल उनका छोरा रमेशले चलाएका थिए ।

प्रहरीका अनुसार आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल आइतबार साँझ रतुवामाई–६ त्रिवेणी चोकमा कुकुरलाई जोगाउन खोज्दा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलको  पछाडि सवार मेहता गम्भीर घाइते भएकी थिइन् ।

रंगेली अस्पताल पुर्याउनसाथ आइतबार साँझ ७ः१० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मृतकका छोरा २३ वर्षीय रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक पटक पढ्नुहोस