After header

डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन जेठ १५ गते हुँर्दै

काभ्रे । गुणस्तरयूक्त शैक्षिक पुर्वाधार, समृद्ध मण्डनदेउपुरको आधार भन्ने मूल नाराका साथ काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा रहेको श्री डेडीथुम्का माविको आगामी जेठ १५ गते हुने पूर्वविद्यार्थी शिक्षा सम्मेलन २०८२ हुने जनाएको छ । बिहिबार काभ्रेको बनेपामा आयोजित पत्रकार सम्मेलनमा २०३६ सालमा डेडिथुम्का मावि स्थापना भएको हो ।

उक्त विद्यालयबाट विद्यालयले २०३८ सालदेखि एसएलसीमा आफ्ना विद्यार्थीलाई सहभागीता गराउँदै आइरहेको र तेहिबेलादेखिका सबै विद्यार्थीहरु भेला गराउने आयोजकले जनाएका छन् । यहाँ अध्ययन गरेका विद्यार्थीहरु देशका उच्च तहमा पनि पुगेका छन् ।

शिक्षा, राजनीति, स्वास्थ्य, संचार, समाजसेवा, उद्योगलगायत विभिन्न क्षेत्रमा रहेका पूर्वविद्यार्थीहरुलाई पुनर्मिलन गराउने र डेडीथुम्काका साथै समग्र नगरपालिकाको शैक्षिक गुणस्तरलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे छलफलका लागि सम्मेलन गर्न लागिएको आयोजक श्री डेडीथुम्का फाउण्डेशनका अध्यक्ष टोमप्रसाद सापकोटाले जानकारी दिए ।

कार्यक्रममा डेडीथुम्का मावि पूर्वविद्याथीर्, शिक्षा सम्मेलन मूल समारोह समितिका संयोजक कश्यपप्रसाद पौडेलले यस विद्यालयबाट एसएलसी वा एसइइ दिएका करिब ४ हजार ५ सय विद्यार्थीलाई समेट्न सकिन्छ कि भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

यो पहिलो कार्यक्रम भएकाले जति सम्भव हुन्छ त्यतिलाई समेट्दै अघि बढ्ने र पछिल्ला थप कार्यक्रमहरुमा सम्पर्कमा आउने सबैलाई समेट्दै कार्यक्रम गरिने पनि पौडेलले जानकारी दिए । उनले सम्मेलनका उदेश्य भनेको प्रथम व्याचदेखि हालसम्म तथा भविष्यमा समेत एसईईमा सामेल हुने विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई एकीकृत गरी डेडीथुम्का र नगरको समग्र विकास प्रकृयामा योगदान पुर्याउन साझा थलोको रुपमा विकास गर्ने, नगरपालिकालाई शैक्षिक सुधारका लागि विशिष्ट सुझाव तथा सिफारिसहरु उपलव्ध गराउने र पूर्वविद्यार्थीहरुको विशिष्ठ क्षमताको पहिचान गरी नगरको विकास प्रकृयामा नवीनतम कार्यक्रम संचालन गर्न योगदान पुर्याउने रहेको जानकारी दिए ।

यही जेठ १५ गते हुन गईरहेको भेलामा सहभागिहरु श्री डेडीथुम्का मा.वि का प्रथम व्याचदेखि २०८१ सालसम्म एसएलसी÷एसईईमा सामेल पूर्व विद्यार्थीहरु उपस्थिती रहने जानकारी दिए । उनले कार्यक्रममा सहभागिता जनाउनन प्रि—रजिष्टेशन गर्नु पर्नेछ प्रि—रजिष्टेशन शुल्क रु ५ सय लाग्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिए । सम्मेलनका लागि आवश्यकता अनुसार विभिन्न उपसमितिहरु गठन तथा परिचालन गर्ने सुरु गरेको समेत जानकारी दिए ।

भेलमा विद्यालयलाई विशिष्ट योगदान गर्ने अग्रजहरु तथा समाजमा विशेष योगदान पुर्याउने पूर्वविद्यार्थीहरुलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको संयोजक पौडेलले जानकारी दिए । उनले यही जेठ १५ गते हुने सम्मेलनको उपलब्धी नगरका लागि र तेसभेगाका लागि राम्रै हुनेमा आफू ढुक रहेको समेत बताए ।

पूर्वविद्यार्थीहरुको ज्ञान, सीप र क्षमताको उपयोग गरी नगरको समग्र विकास प्रकृयामा योगदान पुर्याउन यो फाउण्डेसन साझा थलोको रुपमा विकास हुने, नगरपालिकाले शैक्षिक सुधारको क्षेत्रमा विशिष्ट सुझाव तथा सिफारिसहरु प्राप्त गर्नेछ भने पूर्वविद्यार्थीहरुको विशिष्ठ क्षमताको पहिचान भई डेडीथुम्का तथा समग्र नगरको विकास प्रकृयामा नवीनतम कार्यक्रम संचालन गर्न योगदान पुग्ने लगायत उपलब्धीहुने उनले बताए ।

एक पटक पढ्नुहोस