काभ्रे । काभ्रेको विकट गाउँपालिका महाभारत गाउँपालिकालाई महालेखापरीक्षकले सम्मान गरेको छ । लगातार दोस्रोपटक शून्य बेरुजु कायम गर्न सफल काभ्रेको महाभारत गाउँपालिकालाई महालेखापरीक्षकको कार्यालयले आज एक कार्यक्रमको बिच सम्मान गरेको हो ।कार्यलयको ६७ औं वार्षिकोत्सवको अवसर पारेर गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बालाई सम्मान उक्त सम्मान गरिएको छ ।
आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षण गर्दा स्थानीय तहतर्फ गाउँपालिकाको बेरुजु शून्य देखिएको भन्दै महालेखाले गाउँपालिकालाई सम्मान गरेका अध्यक्ष जिम्बाले बताए । निष्ठा र कानुनसम्मत काम गराइको परिणामले गाउँपालिका बेरुजुविहीन भएको उनको भनाई छ । उनले पालिकालाई सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् । अघिल्लोपटक पनि महाभारत गाउँपालिकाको बेरुजु शुन्य थियो ।
देशमा आर्थिक अनुशासनहीनता बढ्दै बेरुजुको आकार बर्सेनि बढ्दो रहेको अवस्थामा महाभारत गाउँपालिका लगातार दोस्रोपटक बेरुजु शून्य गराउन सफल भएको हो । अध्यक्ष जिम्बाले आफ्नो कार्याकाय अवधीभर यसरी नै कामकाज गदै जाने बताएका छन् ।