अछाम । १७ गतेदेखि सम्पर्कविहीन रहेका दुवै जना किशोरी एउटै रुखको हाँगोमा झुन्डिएको अवस्था भेटिएका छन् । अछामको बिहीबार तुर्माखाँद गाउँपालिका–६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।‘सानो बुवा र ठूलो बुवाका छोराछोरी रहेका दिदीबहिनी एउटै रुखमा भेटिएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
घटनाबारे बिहान ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यहाँको प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगेको छ, जिल्लाबाट अर्को टोली पनि पुग्दैछ,’ डीएसपी खनालले भने , घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गर्नेछ ।’घटनास्थल घरबाट करिब ४ सय मिटर टाढा रहेको छ । १३ र १४ वर्षका दुई किशोरीको शव प्रहरीले रुखबाट निकालेको छ । उनीहरू दुवै जना वडा नं. ६ कै निवासी हुन् ।
