After header

बिपद पुर्व तयारी सम्बन्धी कक्षा संचालन

काभ्रे । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्वारका लागि आफ्नो तयारी थालेको छ । यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल सुरु गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास संचालन गर्ने लगायतका रहेका छन ्।

अघिल्ला वर्षहरूमा भएको विपद्का घटनाहरूलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि अवलम्बन गर्नुपर्ने उपाय र यसका बारेमा विपद पूर्व तयारी सम्बन्धी कक्षा संचालन आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेका प्रमुख एसपी माधव रेग्मीले जानकारी दिए ।

विपद् व्यवस्थापनमा सबैको महत्वपूर्ण भूमिका हुने भएकोले सशस्त्र प्रहरी बल नेपाल नं.१५ गण हे.क्वा.काभ्रेको सहकार्य तथा काठमाडौं विश्व विधालय युथ रेडक्रस सर्कल, नेपाल रेडक्रस सोसाइटी, स्वाधिन समुह पनौती तथा फिनलिट फाउण्डेसनको सयुक्त आयोजना भएको “बिपद जोखिम न्युनिकरण“ सम्बन्धि प्रशिक्षण तथा बिपद पुर्व तयारी सम्बन्धी कक्षा संचालन समेत काभ्रेमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं.१५ गण हे.क्वा.काभ्रेले गरिरहेको छ ।

कार्यक्रमका सहभागीलाई सशस्त्र प्रहरी बल नेपाल नं. १५ गणबाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापाले प्रशिक्षण प्रदान गरेका थिए । सशस्त्र प्रहरी नायव उपरीक्षक बिनोद थापा बाट प्रशिक्षण प्रदान गरिएको उक्त कार्यक्रममा शिक्षक, बिधार्थी , स्थानिय जन समुदाय गरि करिव ६२ जनाको उपस्तिथी रहेको सशस्त्र प्रहरी बल नं. १५ गण पाँचखालले जनाए।

एक पटक पढ्नुहोस