After header

उपत्यका प्रवेश गर्ने सवारी साधान काभ्रेको साँगाबाट फर्काइयो

काभ्रे । काठमाडौ उपत्यकाको पूर्वी नाका काभ्रेपलाञ्चोकको साँगामा यातायातका साधानलाई आज विहानदेखि उपत्यका प्रवेशमा रोक लगाईको छ । आज विहानदेखि उपत्यकाका तीनै जिल्ला भक्तपुर, काठमाडौ र ललितपुरले अनिश्चितकालीन कफर््यू आदेश जारी गरेपछि साँगा–नाकाबाट यातायातका साधनलाई रोक लगाइएको हो ।

अरनिको, विपी र हेलम्बु राजमार्गबाट राजधानी काभ्रेपलाञ्चोकहुँदै उपत्यका प्रवेश गर्ने सवारीका साधानलाई साँगामा ‘होल्ड’ गर्दै फकाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । यस्तै काभ्रेपलाञ्चोकको धुलिखेख–काठमाडौँ र पनौती–काठमाडौ रुटका सार्वजनिक तथा नीजि सवारीलाई साँगामै रोकिएको कार्यालयका प्रमुख सुनिल धाँजूले जानकारी दिए । उनका अनुसार वैकल्पिक सडकबाटसमेत उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारीका साधानलाई जिल्लाका विभिन्न स्थानमा रोकिएको छ ।

उपत्यका जाने लामो दूरीका मध्यपहाडी क्षेत्र सिन्धुली, रामेछाप र सिन्धुपाल्चोकबाट विहानै आएका सार्वजििनक यातायातलाई काभ्रेपलाञ्चोकका विभिन्न ‘चेकपोष्ट’मा ‘होल्ड’ गरिएको धाँजूले जानकारी दिनुभयो । अरनिको र विपी राजमार्गबाट काभ्रेपलाञ्चोकहुँदै दैनिक करिब एक हजार सार्वजनिक यातायात आवतजावत गर्दै आएका छन् ।

एक पटक पढ्नुहोस