काठमाडौँ । रामेछापको कारागारमा गोलि चलेको छ । कैदीबन्दीहरुले ताला तोडेर भाग्नखोज्दा नेपाली सेनाले चलाएको गोलिबाट उनीहरु घाईते भएका हुन् । कैदीबन्दी भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको र सेनाले चलाएको गोली लागेर एक दर्जनभन्दा बढी कैदीबन्दी घाइते भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
उनले कैदीबन्दीले कारागारभित्रका सबै ताला फोडेर बाहिर निस्कने क्रममा मुख्य गेटको ताला समेत तोड्न खोजेपछि सुरक्षा निकायले गोली चलाएर नियन्त्रणमा लिएको बताए । उनले भने,’भित्रका ताला फोडेर बाहिर गेटसम्म पुग्ने प्रयास गरियो । त्यसपछि सेनाले गोली चलायो। घटनामा १२–१३ जना घाइते भएका छन् ।’ प्रमुख जिल्ला अधिकारी थापाले भने।
उनले घाइते भएकाहरूको उपचार भइरहेको ३ जनाको अवस्था गम्भीर रहेको बताए । रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी रहेका छन् । अहिले सबै कैदीबन्दी नियन्त्रणमा रहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
