काठमाडौं । नवनियूक्त अर्थमन्त्री रामेश्वर खनालले टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् । आज उनले मन्त्रीको शपथ पश्चात पदभार ग्रहण गदै मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।
पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न समेत कर्मचारीहरुलाई आग्रह गरे ।पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’

टुक्रे आयोजना कार्यान्वयन नगर्ने अर्थमन्त्री खनालको पहिलो निर्णय
एक पटक पढ्नुहोस