काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागमा २०८२ भदौ २९ गते देखि मुख्य अनुसन्धान निर्देशक (चिफ) विहिन भएको छ । उमेर हदका कारण यही भदौ २९ गते देखि हुतराज थापा ५८ वर्षे उमेरहद पूरा गरेर अनिवार्य अवकास गएका छन् ।
उनी उमेर हदका कारण अवकास पाउनु केही दिन यता देखी देशको परिस्थितीले अर्कै मोड लिए सँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विहिन हुदाँ थापाले अवकाश पाउँदा समेत कुनै बिदाई भएन, नयाँ आईजीपीको नियूक्त अन्योलमा परेको छ । उमेर हदका कारण हुतराज थापा अवकाश लिएपछि हालका सिनियर मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीले सिनियरको आधारमा दैनिकी विभागीय कामकाज गरिरहेका छन् ।
भदौ ३० गते बल्ल मन्त्रीपरिषद बिस्तार हुदै गर्दा आज दुईदिन सम्म पनि मन्त्रीपरिषदको बैठक नबसेकाले अब बस्ने मन्त्रीपरिषदको बैठकले उक्त खाली भएको पदमा सिनियरको अधारमा राष्ट्रिय अनुसन्धानको आईजी नियुक्ती हुने स्रोत जनाएको छ । सरकार गठन भएसगै मुख्य अनुसन्धान निर्देशक (आईजीपी ) को हुने भनेर दौडधुप चलेको छ ।
मुख्य अनुसन्धान निर्देशक बन्न दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकास जोशी र टेकेन्द्र कार्की बीच तिव्र प्रतिस्पर्धा सुरू भएको छ ।यस अघि हुतराज थापा र अहिलेका दावेदार ओम जोशीबीच तिव्र प्रतिस्पर्धा भएको थियो । वरिष्ठका आधारमा भन्दै सरकारले हुतराज थापालाई मुख्य अनुसन्धान निर्देशक (आईजीपी) बनाएको थियो ।
थापाले आफ्नो तिन वर्ष कार्यकाल पुरागरि यही भदौ २८ गते रातिबाट अनिवार्य अवकाश मा गएपछि उनै थापासँग आईजीको प्रतिस्पर्धामा रहेका जोशी सिनियरको आधारमा अगामी डेढ वर्षका लागि चिफ बन्न सक्ने स्रोतले जनाएको छ । २०५३ सालमा वर्तमान प्रमुख थापासँगै अनुसन्धान विभामा प्रवेश गरेका पाटन न.पा बैतडीका ओम प्रकाश जोशी र जुम्लाका टेकेन्द्र कार्की मुख्य अनुसन्धान निर्देशकका लागि दाबेदार हुन् ।
विभागको प्रमुखको दाबेदार मानिएका विवादरहित ओमप्रकाश जोशी राष्ट्रिय अनुसन्धान विभाग मानस्रोत र इन्टोलजेन्स महाशाखामा कार्यरत रहेका छन् । उनी २०५३ पुस ५ गते निरीक्षकमा भर्ना भएका जोशी २०६४ बैशाख २५ गते प्रमुख अनुसन्धान अधिकृत ( डिएसपी )मा बढुवा हुदाँ जोशी र कार्की सगँ भएका हुन् । तर जोशीको कार्य क्षमता र गुप्तचरी सूचनाको चुहावटलाई नियन्त्रण गर्न सक्ने क्षमतावान अधिकृत भएकाले उनले उप–अनुसन्धान निर्देशक (एसपी ) बढुवा हुदाँ कार्की भन्दा २ वर्ष ७ महिना ३ दिन पछाडि थिए ।
अर्थात २०६७ भदौ २४ एसपीमा बढुवा भए पनि उनै सगँ प्रतिस्पर्धा गरेका कार्की भने २०६९ चैत २७ गते बल्ल एसपीमा बढुवा भएका थिए । उनी सह– अनुसन्धान निर्देशक अर्थात एसएसपी पनि कार्की भन्दा २ वर्ष ३ महिना २ दिन अगाडि नै बढुवा भएका थिए भने अनुसन्धान निर्देशक पनि कार्की भन्दा १ महिना १२ दिन महलिा बढुवा भएका थिए भने अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा पनि जोशी १ महिना १ दिन अगाडि कार्की भन्दा सिनियर रहेका छन् ।
ओमप्रकाश जोशीले प्रमुख अनुसन्धान अधिकृत देखि हाल अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुदाँ उनले विभिन्न जिल्ला, प्रदेश एवं केन्द्रमा रहेर काम गरेका उनी जोशी एक सरल र अब्बल अधिकारीका रूपमा विभागमा चिनिदै आएका ब्यक्ति समेत हुन् । भारतका लागि नेपालको कन्सुलर पदमा रहँदा नेपालबाट भारत हुदै तेस्रो मुलक जादै गर्दा अलपत्र परेका १९ जना
महिलाहरुलाई नेपाली दुतवासको सहयोगमा नेपाल फिर्ता गर्न सुचना समन्वय गरेको, नेपालबाट अति विशिष्ट ब्यक्तिहरुको भारत भ्रमणको क्रममा सुचना समन्वय गरि सफल बनाउन भूमिका निर्वाह गरे र भारतका विभिन्न राज्यहरुमा कामको सिलसिलामा आएका नेपालीहरु जोखिममा परेको अवस्थामा नेपाली दुतावाससँग समन्वय गरी समाधान गर्न सहयोग लगायत
धेरै अन्य काम गरी विभागलाई अहिले सम्म काहीकतैबाट विभागको गरिमालाई आचपु¥याउने काम नगरेका उनी हालसम्म विवादमा मुछिएका छैनन् भने उनले संगठन हाक्ने जिम्मेवारी पाए संगठन चलायमन हुने संगठनमा रहेका तल्लोतह देखि माथिल्लो निकायसम्म उनको चर्चा छ ।
सिनियरको हकमा टेकेन्द्र कार्की भन्दा ५ वर्ष १७ दिन जागिर अवधिभर बढुवामा सिनियर रहेका ओमप्रकाश जोशीलाई देशको एकमात्र गुप्तचरी सेवालाई मजबुत बनाउन र त्यसको संवेदनशीलतालाई दृष्टिगत गर्दै आगामी अनुसन्धान विभाग प्रमुखमा भए जोशीको कार्यक्षमताले पक्कैपनि संगठनले चुस्त बन्ने सुरक्षाविद् बताउँछन् ।
विभागले कार्यसम्पादन, कार्यक्षमता, अब्बल, प्राज्ञिक स्तरलाई आधार मानेको छ । हालसम्मकै विवादरहित उच्च अधिकृतका रुपले चिनिने जोशी त्यस आधरमा अगाडि छन् । यसैको आधारमा भर्खरै गठन भएको अन्तरिम सरकारका प्रधानमन्त्री र मन्त्रीपरिषदले पनि सिनियर र कार्यक्षमताको आधार हेर्ने र विभागमा विवादरहि ब्यक्तिलाई नियुक्ती गर्दा सगठन बलियो र राज्यलाई सुचना प्रवाह गर्न समेत सहज हुने देखिन्छ ।
