चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ इट्टाभट्टी नजिकै २८ वर्षका एक युवकको गएराती हत्या भएको छ । युवाहरूको एक समूहले चक्कु प्रहार गर्दा सोही ठाउँका २८ वर्षीय नारायण कुमालको मृत्यु भएको हो।
हत्यामा संलग्न भएको आशंकामा ४ जना पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।
