After header

दाङमा चिसो बढेसगै विद्यालयहरु बन्द

काठमाडौं । दाङमा चिसो बढेसगै विद्यालयहरु बन्द गरिएको पालिकाहरुले सुचना जारी गरेका छन् । पछिल्ला दिन घाम नझुल्किएपछि आजदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको जनाइएको छ । शीतलहरका कारण घोराही

उपमहानगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका विद्यालय बन्द गरिएको सुचना प्रकाशित गरेका हुन् । जाडो बढेपछि जिल्लाका विभिन्न ठाउँमा नेपाली सेनाले आगो ताप्न दाउरा बाँडेको छ ।पालिकाहरुले सूचना जारी गरी चिसोले जनजीवन नै प्रभावित भएपछि विद्यालय बन्द गरिएको जनाएका छन् । सूचनाअनुसार पुस १६, १७ र १८ गते सामुदायिक तथा संस्थागत सबै विद्यालयमा बिदा गरिएको हो ।

अत्यधिक चिसो बढेका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै विद्यालय बन्द गरिएको जनप्रतिनिधिहरुले बताएका छन् ।

एक पटक पढ्नुहोस