काभ्रे । धुलिखेल नगरपालिकाको १८ औं नगरसभाको अधिवेशन आ.व. २०८२÷८३ को विधेयक अधिवेशन सम्पन्न भएको छ । आज धुलिखेल नगरपालिको हलमा भएको नगरसभाको अधिवेशनले वडागत विभिन्न योजनाका बजेट रकमान्तर प्रस्ताव सर्वसम्मत पारित गदै अधिवेशन सम्पन्न भएको छ । धुलिखेल नगरपालिका नगर सभाको अठारौं अधिवेशनमा गत भ्राद्रमा भएको जेन जी आन्दोलन अन्य प्रभाबले गर्दा राजस्व संकलनमा भएको गिरावट तथा वडा बाट आएको संशोधन बमोजिम संशोधन गरी विभिन्न प्रतिवेदन स्वीकृत समेत गरेको छ ।
सभाद्वारा आब २०८२÷८३ को बजेट तथा कार्यक्रम संसोधन ,भू–उपयोग सम्बन्धि प्रतिबेदन स्वीकृत,कार्यपालिका बैठकको निर्णय लगायत विषयगत विभिन्न समितिहरुले गरेका निर्णय अनुमोदन तथा नगरपालिकाको संगठन र व्यवस्थापन सर्वेक्षण बारे छलफल गर्दै सभा समापन गरिएको हो ।

सभामा आब २०८२÷८३ को बजेट तथा कार्यक्रम संसोधनका लागी उप प्रमुख निराजन जंगलले प्रस्तुत् गरेका थिए भने कार्यपालिका सदस्य एवं वडा अध्क्क्षले भू–उपयोग सम्बन्धि प्रतिबेदन ,कार्यपालिका बैठकको निर्णय लगायत पेश गरेका थिए । सभामा नगर प्रमुख अशोक ब्यान्जुले सभामा निर्णयआर्थ प्रस्तुत गरेकामा सबै सदस्यले तालिबजाउदै पारित गर्दै सभा समापन गरिएको थियो ।
वडा बाट आएको २०८२÷८३ को बजेट तथा कार्यक्रम संसोधनमा २६ वटा योजनाको ८६ लाख बराबरको संशोधन प्रस्ताब सभाका सचिब एवं प्रमुख प्रशासकीय अधिकृत मोहन प्रा मरासिनीले प्रस्तुत गरेका थिए ।
