After header

विभिन्न पदका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दरखास्त आह्वान

काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्रशासनिक र प्राविधिक श्रेणीका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै प्रतिष्ठानले करार सेवामा रहेका कर्मचारीहरूलाई प्राथमिकता दिँदै आन्तरिक र खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने जनाएको छ ।

योग्य उम्मेदवारले आगामी माघ २२ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् । इच्छुक उम्मेदवारले प्रतिष्ठानको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी नेपाल बैंक लिमिटेड, लगनखेलमा रहेको प्रतिष्ठानको खातामा दस्तुर जम्मा गरेको सक्कल भौचर संलग्न गर्नुपर्नेछ ।दरखास्त फारामसहित आवश्यक कागजातहरू प्रतिष्ठानको प्रशासन महाशाखामा बुझाउन सूचनामार्फत आग्रह गरिएको छ ।

एक पटक पढ्नुहोस