After header

जनताको घर आँगनमा पुग्दै, आशिर्वाद लिदै, आफ्नो मत सुरक्षित गदै हुमागाई

काभ्रे । यतिबेला देशभर चुनावी महोल छाएको छ । यही फागुन २१ गते हुनगईरहेको प्रतिनिधि सभाको निर्वाचनमा सबै दलहरु निर्वाचन होमिएका छन् । भदौको २३ र २४ गतेको जेनजी आदोन्लन पछि विकटन भएको प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते हुने भएको छ । यसैलाई मध्येनजर गदै काभ्रे जिल्लामा पनि निर्वाचनको चटारो सुरु भएको छ । काभ्रे क्षेत्र नं. २ प्रतिनिधि सभाका लागि दलका र स्वतन्त्र गरी २४ जना उम्मेदवार यतिबेला निर्वाचनमा होमिएका छन् ।

सबै उम्मेदवारहरु आ–आफ्नो तरिकाले मतदाताका भोट माग्न ब्यस्त रहेका छन् । ति उम्मेदवार मध्ये सबैका लोकप्रिय बनेर आम काभ्रे जिल्लाबासिका मनमुटुमा बस्न सफल उम्मेदवार बसुन्धरा हुमागाई हुन् । लामो समय नेकपा एमालेमा रहेर राजनिति गरेका उनी एमाले हुँदै यति बेला नेपाली कम्युनिष्ट पार्टी काभ्रे क्षेत्र २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका छन् ।

सबैसँग मिलनसार एवं बौद्धिक ब्यक्तित्व रहेका हुमागाई निर्वाचन नजिकिदै गर्दा आम मतदाताको घर आँगन पुग्दै मतदाता सँग आर्शिवाद लिदै आफ्नो मत सुरक्षित पादै जनताको दुखसुखका कुरा सुन्दै हिडेका छन् ।मतदाताको घर आगनमा पुगेर उम्मेदवारहरुले जिल्लाको विकास योजना र आफ्नो प्रतिवद्धता जनतालाई सुनाउँदै आफूलाई र आफ्नो पार्टीलाई मत दिन हुमागाईले आफ्नो क्षेत्रका मतदातालाई आग्रह गरेका छन् ।

माघ ६ गते मनोनयन दर्ता गराएका उनीले मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न तारा प्रदान गरेपछि मत माग्न गाउँ पसेका हुन् । हुमागाई उम्मेदवारबनी चुनावी अभियान लिएर गाउँमा जान थालेपछि चुनावी रौनक बढेको छ ।उनलाई पार्टीगत भन्दा पनि आम मतदाताले यसअघि गरेका काम र मूल्यकनमा अग्रस्थानमा राख्दै आम विकासका लागि बसुन्धरा हुमागाई काभ्रेका लागि एक कुसल नेता रहेका भन्दै आम मतदाताले निर्वाचन जितको शुभकामन दिएका छन् ।

हिजो २०७४ सालमा बागमती प्रदेशमा सांसद निर्वाचति हुमागाईले प्रदेशको कृषिमन्त्री समेत भएका ब्यक्ति हुन् ।उनले हिजो प्रदेशमा निर्वाचित हुदा समेत आम काभ्रेको विकासका लागि लागिपरेका उनीलाई यस पटक जसरी पनि प्रतिनिधि सभाको निर्वाचनमा भोट दिई हामी निर्वाचित गराएर पठाउछौ स्थानियले भने ।

उहाँजतिको विकास पे्रमी नेता कोही छैन । त्यसैले उहाँलाई पार्टीभन्दा पनि ब्यक्तिगत मतदिई सहयोग गर्ने आम मतदातालाई बेथानचोकका स्थानियले आग्रह गरेका छन् । सबै सँग एउटै व्यवहार गर्ने, भलादमी सोभाका उनलाई क्षेत्र नं. २ अन्र्तगत उठेका उम्मेदवार मध्ये उनीले मात्रै काभ्रेको विकास गर्न सक्ने भएकाले सबैले यसपटक हुमागाईलाई भोट दिन भुम्लुका स्थानियले भुम्लुबासीलाई समेत अनुरोध गरेका छन् ।

जिल्लाको बेथानचोक, पनौती र भुम्लुमा घर आँगनमा ब्यस्त रहेका उम्मेदवार हुमागाईलाई जनताले अशिर्वाद दिदै अगामी निर्वाचनमा उनलाई नै भोट दिने विश्वास समेत मतदाताले दिलाएका छन् । उम्मेदवार हुमागाई जनताको घर आँगनमा जादा विभिन्न समस्या देखाएको बताउदै हिजोको दिनमा पनि आफूले सकेको सहयोग गरेको र भोलिका दिनमा पनि आम काभ्रेको विकासका लागि सधैव आफू साथ रहने उनले बताए ।

जनताको मायामोह नै ठूलो रहेको बताउदै हुमागाईले काभ्रेको विकासका लागि म र मेरो पार्टी सधैव सहयोग गर्ने भन्दै भोलिका दिनमा पनि यसैगरी जनतासँग हरपल सुखदुखमा आफू रहेने आम मतदातालाई प्रतिवद्धता जनाएका छन् ।

एक पटक पढ्नुहोस