After header

वडाध्यक्षले वारेस नाममार्फत मतदान गर्न खोजेपछि विवाद भएर रोकिएको मतदान सुरु

काठमाडौं । महोत्तरीमा वडाध्यक्षले वारेस नाममार्फत मतदान गर्न खोजेपछि विवाद भएर रोकिएको मतदान सुरु भएको छ । बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित रानी मावि मतदान केन्द्रमा बर्दिबास–७ का स्वतन्त्र उम्मेदवार बनेर जितेका वडाध्यक्ष रामसोभारत यादवले वारेस नाममार्फत मतदान गर्न खाजेका थिए ।

त्यसपछि विवाद हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूले वडाध्यक्ष यादवमाथि आक्रमण गरेका थिए । सो क्रममा उनको नाकमा चोट लागेको प्रहरीले बताएको छ । यही विषयलाई लिएर यो केन्द्रको मतदान अहिले रोकिएको थियो । अहिले छलफलपछि १२ः३९ बजेबाट पुन मतदान सुरु भएको हो ।

एक पटक पढ्नुहोस