काभ्रे । हिजो परेको पानीका कारण वीपी राजमार्ग पूर्ण रुपमा बन्द रहेको छ । काभ्रेको रोशी गाउपालिकाको विभिन्न सडक खण्डमा (चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गा) स्थित बि.पि.राजमार्गमा अबिरल बर्षाको कारण रोशी खोलाको पानिको बहाव बढी सडकमा पानि छीरी सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
शनिबार बिहान ३ः ३० बजेको समयमा वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका खण्डका केहि स्थानमा रोशी खोला पसेको थियो । अविरल वर्षाको कारण रोशी खोलाको पानीको बहाव सडकसम्म पुगेकाले पूर्ण रूपमा वीपी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उक्त स्थानमा प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेर सडक खुलाउने कार्य भइरहेको जनाइएको छ । सडकको अवस्था बारे बुझेर मात्र यात्रा गर्न जिल्ला ट्राफिक कार्यालय काभ्रेले आग्रह गरेको छ ।
