काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् । अहिले उनी परिसर ललितपुरकै रहेको सुरक्षा स्रोतले बतायो । उनी एक्कासी किन ललितपुर पुगे भन्नेबारे भने केही बताइएको छ ।
आजै मात्रै जेनजी घटनामा जोडिएको आरोपमा ज्यान सम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । त्यसलगत्तै उनी परिसर ललितपुर किन पुगे भन्ने चासोका साथ हेरिएको छ ।
