After header

वीपी राजमार्ग अवरुद्ध, बुझेर मात्रै यात्रा गर्न अनुरोध

काभ्रे। वीपी राजमार्ग हु्दै सञ्चालनमा आउने गाडि यतिबेला काभ्रेको धुलिखेल, भकुण्डेबेशीमा राकिएका छन् । हिजो राति परेको वर्षाका कारण वीपी राजमार्गको दुई ठाउँमा सडक अवरुद्ध भएपछि यतिबेला सवारी साधन रोकिएको प्रहरीले जनाएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार राजमार्गको चारसय बेसी र कटुन्जेमा डाइभर्सन बगेपछि यातायात ठप्प भएको जनाएका छन् ।

अहिले सडक खुलाउने काम भइरहेको र अबको एक देखि डेढ घण्टाभित्रमा यातायात सुचारु हुने प्रमुख योगेशले जानकारी दिए । उनले भने,’अहिले दुई ठाउँमा सडक बन्द छ, हामी खुलाउने प्रयासमा छौँ । ढिलोमा बिहान १० बजेसम्म सडक खुल्नेछ ।’
वर्षाका कारण सडक अवरुद्ध बनेपछि बिहानैदेखि सवारी साधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन् । सडक विभागले मेशिन प्रयोग गरेर अवरोध हटाउने काम गरिरहेको उनले बताए ।

एक पटक पढ्नुहोस