After header

माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु

बुटवल । रुपन्देशीमा माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाईते भएका छन् । बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको हो भने २७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु१ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरी चौकी देवदह खैरेनीका अनुसार दुर्घटनामा मृतकको नाम ठेगाना खुल्न बाँकी छ ।

एक पटक पढ्नुहोस