काठमाडौं । तिनजना ब्यक्तिसहित काठमाडौं बाट ठूलो परिणममा लागुऔषध बरामत गरेको छ । सशस्त्र प्रहरीले काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट ठूलो परिमाणको लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया ५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी थान– ६ बस्ने २४ वर्षीय दिपक राई पक्राउ परेका हुन् ।
भारतबाट ल्याएर नेपालमा लागुऔषध बेचबिखन गरिरहेको सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।नियन्त्रणमा लिइएकाहरूका साथबाट डामाडोल नामको लागुऔषध एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनी को बीएसी ७०१७ नम्बरको हात्ती गाडी, बागमती प्रदेश ०२–०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल ३ थान र नेपाली रूपैयाँसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद सामानसहित कारबाहीको लागि सम्बन्धित निकायमा सशस्त्र प्रहरीले बुझाएको छ ।
