After header

शिक्षकले गरे आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या

धनगढी । शिक्षकले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन् । डोटी जोरायल गाउँपालिका–४ देउथलीका ५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवन गरेपछि ४७ वर्षीया श्रीमती अमृता ओलीमाथि कुटपिट गरेका थिए । श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनी शिक्षकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार बुधबार दिउँसो करिब १ः४५ बजे भएको कुटपिटबाट अमृता ओलीलाई गम्भीर चोट लागेको थियो । प्रारम्भिक उपचारका लागि उनलाई स्वास्थ्य चौकी चन्कट्टे लगिएको थियो।

अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो।सेती अस्पतालमा चिकित्सकले परीक्षणका क्रममा अमृतालाई मृत घोषणा गरे । चन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । उनी स्थानीय जगदम्बा आधारभूत विद्यालयका शिक्षक रहेका थिए ।

एक पटक पढ्नुहोस