२०० उच्च सरकारी अधिकारीको निद हराम, अख्तियारले थाल्यो छानबिन

काठमाडौं, २० कात्तिक– अकुत सम्पत्ती आर्जको मामिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आक्रामक देखिएको छ । अख्तियारले अकुत सम्पत्ति आर्जनमा २ सय जना बढी उच्च सरकारी अधिकारीमाथि विस्तृत छानविन थालेको बताइएको छ ।
छानबिनमा पर्नेमा अवकासप्राप्त र वहालवाला उच्च अधिकारीहरु रहेका छन् ।
जसमा सुरक्षा निकाय, सिंचाइँ, खानेपानी, सडक, भौतीक पूर्वाधार तथा यातायात, अर्थ, स्वास्थ्य मन्त्रालय अन्तर्गतका उच्च अधिकारी अख्तियारको मुख्य टार्गेटमा परेका छन् ।

अख्तियारले आइतबार मात्र पूर्वप्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, सचिव गजेन्द्रकुमार ठाकुर लगायतका चार अधिकारीसँग बयान लिएको थियो ।

 

एक पटक पढ्नुहोस