माओवादी नेता जनार्दशन शर्मा लक्षित गरेर बम प्रहार

कात्तिक, २४ कात्तिक — आगामि मंसिरमा हुने निर्वाचनमा बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई लक्षित गरी पश्चिम रुकुममा बम प्रहार भएको छ ।
जिल्लाको चौरजहारी नगरपालिका—८, को गोइरीमा बम प्रहार भएको हो । बम प्रहार गरिएपनि कुनै घटना भने हुन पाएन ।

चौरजहारी उपत्यकाको चुनावी सभा, घरदैलो कार्यक्रम र भेटघाट सकेर सानीभेरी गाउँपालिकाको सिम्ली आउँदै गरेको प्रचार टोली माथि सुतली बम प्रहार भएको उम्मेदवार शर्माका सहयोगी बसन्त शर्माले जानकारी दिए ।

बम कसले हानेको भन्ने पहिचान नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम –पश्चिम)का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले घटनामा संलग्न समूह र व्यक्तिको खोजी भइरहेको बताए ।

बम नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहार गरेको हुनसक्ने आशंका गरिएतापनि कुनै पुष्टि हुन सकेको छैन ।

त्यस्तै, उम्मेदवार शर्मालाई लक्षित गरी भएको बम प्रहारको कार्यप्रति एमाले–माओवादी पार्टी एकता संयोजन समिति रुकुम –पश्चिम)ले विरोध गरेको छ

एक पटक पढ्नुहोस