खोसेस युएइको प्रथम धमका भब्यताकोसाथ सम्पन्न

२५अगस्ट २०१८ /नारायण बस्नेत

-खोटाङ सेवा समाज युएईको आयोजनामा संचालित प्रथम धमका २०१८ हिजो २४ अगस्ट शुक्रबारको दिनमा भब्य र सभ्य रूपमा सम्पन्न भएको छ मन वचन र कर्मले समाज सेवा गरौ भन्ने नारा सहित विभिन्न कार्यमा आपतकालिन अवस्थामा उद्दार तथा राहत पुर्याउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष हिमाल गुरुङको सभापतित्व र नेपाल आदिवासी जनजाती महासंघ युएइका अध्यक्ष पासाङ शेर्पा प्रमुख आतिथ्य सङै युएइमा रहेका विभिन्न नेपाली संघ संस्था पत्रकार बुद्दिजिवी समाजसेवी ब्यावसायी आदिको आतिथ्यमा उत्साह जनक दर्शकको भिड थियो कार्यक्रममा स्थानीय कलाकार हरुको बेजोड प्रस्तुतिको साथ नेपाल बाट आउनु भएका चर्चित मेघा स्टार राई इज किङ राजेश पाएल राई गायक जिविहाङ राई साथै चर्चित मोडेल तथा डान्सर करिश्मा ढकाल र बर्षा थिङ लामाको उत्कृष्ट प्रदर्शन सङै प्रचण्ड गर्मीको प्रवाह नगरी युएइको विभिन्न शहरबाट बाक्लो उपस्थितिमा आएका दर्शकलाइ राजेश पाएल राईले लगातार दर्जनौं भन्दा धेरै नयाँ तथा पुराना गीत दर्शन नमस्ते, दिक्तेल बजार, धरान धनुकुटा, आदिबाट छमछमी नचाउदै मनोरञ्जन दिनु भएकोे थियो संस्थाका सल्लाहकार तेज राई र सचिव मेनुका राईले संचालित गर्नु भएको थियो साथै बिभिन्न पुरुस्कार रहेको भाग्यशाली चिट्ठा उपहार कार्यक्रममा जानू कुलुङ राई लाई प्रथम पुरुस्कार ३२ इन्चको टिभी परेको थियो कार्यक्रम संगै युनिभर्शल हस्पिटल बाट नेपाली डा द्वारा निशुल्क स्वास्थ्य परिक्षण समेत गरिएको थियो

एक पटक पढ्नुहोस