After header

रौतहटमा घातक बम विष्फोट , आमा–छोरा गम्भिर घाइते

रौतहटको चन्द्रपुर गाउँपालिकाको राधाकृष्ण मन्दिर छेउमा अज्ञात समूहले बम विस्फोट गराएको छ ।

बाम गठबन्धनको वडा नम्बर ५ को भेलालाई लक्षित गरी बम विस्फोट गराइएको बताइएको छ ।

दिउँसो २ बजेर ४० मिनेट जाँदा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

सो विस्फोटमा आमा र छोरा गम्भिर घाइते भएको जनाइएको छ । प्रहरीका अनुसार सात वर्षीय जैविक राई र ३१ वर्षीय सरिता राई घाइते भएका छन् ।

उनीहरुको उपचारको लागि भरतपुर अस्पताल लगिएको छ ।

एक पटक पढ्नुहोस