महिलाको पाठेघर खस्ने समस्या र त्यसबाट बच्ने उपाय

एजेन्सी । पाठेघर खार खस्ने समस्या धेरै महिलामा देखिने गर्छ । यसलाई आङ खस्ने समस्या पनि भनिन्छ । कतिपय ग्रामिण भागहरुमा यस समस्या धेरै देखिने गर्छ । ग्रामिण भेगका महिलाहरुले यसलाई बच्चा जन्मााएपछि देखिने एउटा सामान्य असर हो भनेर जाँच गराउन जाने गर्दैनन् । अर्का तर्फ प्रजनन् अंग र यसको कामको बारेमा हाम्रो परिवार समाजमा निकै न्यून मात्रामा छलफल गरिन्छ । महिलाहरु यस्ता कुरा घरमा गर्न लजाउने गर्छन् । जसले गर्दा यो समस्या महिलाहरुमा मात्रै रहने गर्छ । यो समस्या देखि उनीहरु मुक्त हुँदैनन् । यो समस्याको बारेमा घरका सदस्यलाई पनि थाहा हुनुपर्छ । जसले गर्दा उनीहरुले महिलालाई सहयोग गर्न सक्छन् ।

पाठेघर खस्ने समस्याबाट बच्ने उपायहरु

१ किशोरीहरुलाई पोषिलो खाना खुवाउनु पर्छ ।
२. महिलाको उमेर कम्तिमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने ।
३. २० वर्षको उमेर पुगेपछि मात्र गर्भवती हुने ।
४. गर्भवती अवस्थामा कम्तिमा चारपटक र सुत्केरी अवस्थामा तीन पटक स्वास्थ्य जाँच गराउने
५. स्वास्थ्य संस्थामा गई दक्ष प्रसुतिकर्मीबाट प्रसुति गराउने ।
६. गर्भावस्था र सुत्केरी अवस्थामा पोषिलो खाना पर्याप्त मात्रामा खाने ।
७. गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार गर्ने ।
८. सुत्केरी भएको ६ हप्तासम्म आराम गर्ने ।
९. गर्भावस्था र सुत्केरी अवस्थामा गह्रो भारी नबोक्ने ।
१० दोस्रो गर्भको चाहना भए परिवार नियोजनको साधन अपनाई कम्तिमा १ वर्ष पखर्ने ।

एक पटक पढ्नुहोस