दिवेशको समर्थन गर्दै कलंकीमा ब्यानर प्रदर्शन।

काठमाडौँ — अमेरिकन आइडलको टप टेनभित्र परेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन गरिएको छ । शनिबार बिहान दिवेश पोखरेलकी ९३ वर्षीया हजुरआमासहित स्थानीयले कलंकी मन्दिर परिसरमा ब्यानर प्रदर्शन गरेका छन्  ।

आफ्नो गायनबाट विश्वभरिबाट अमेरिकन आइडल हेर्ने दर्शकको मन जितेका पोखरेल आइतबार हुने टप सेभेनमा बलियो प्रतिस्पर्धी पनि बनेका छन् ।स्थानीयले गायक पोखरेलको समर्थनमा भोटिंग अभियानसमेत सुरु गरेका छन् ।

समर्थन अभियानको अगुवाई गरेका गायक पोखरेलका छिमेकी बिक्की श्रेष्ठले नेपाली प्रतिभा अमेरिकन आइडलजस्तो विश्व चर्चित गायन प्लेटफर्म पुग्नु गौरवको विषय भएको बताए । पोखरेलको समर्थनमा भोटिंग गरेर सबै नेपालीलाई सहयोग गर्न आग्रह पनि गरे ।

एक पटक पढ्नुहोस