चलचित्र ‘शत्रु गते’को ‘रुपै मोहनी नारन रुपै मोहनी’ गीतको छायांकन सम्पन्न

काठमाडौं । नेपाली चलचित्र ‘शत्रु गते’ का कलाकारहरुले एक गीतको म्यूजिक भिडियोको छायांकन सम्पन्न गरेका छन् । चलचित्रको ‘रुपै मोहनी नारन रुपै मोहनी’ बोलको गीतमा छायांकन भएको हो । गीतमा सबैजसो कलाकारलाई फिचरिङ गरिएको छ । राजधानीको चावहिलस्थित समता अस्पताललाई झिलिमिली बनाएर यो गीतको छायांकन सम्पन्न गरिएको हो ।

यस गीतको म्यूजिक भिडियोमा फिल्मका लीड कलाकारहरु जस्तै, हरिवंह आचार्य, दीपकराज गिरी, दिपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की, बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचरिङ गरिएको थियो ।

टंक वुढाथोकीले तयार पारेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । चैतको ९ गतेबाट रिलिज हुने यो फिल्मलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् ।

एक पटक पढ्नुहोस