कोरोना महामारीले ल्याएको अवसर गुमाउँदैछ नेपाल

महामारीका कारण देश लकडाउनको अवस्थामा रहेको बेला आगामी वर्षका कार्यक्रमहरु र बजेट तयारीको अन्तिम अवस्थामा पुग्दा सरकार, नीति निर्माताहरु, व्याख्या विश्लेषकहरु, पत्रकारका खोज खबरीहरु र आम जनमानसले देशमा व्याप्त दुई वटा महामारीको खासै ख्याल नगरेको जस्तो देखियो ।

न देशलाई लामो समयदेखि गाँजेको दलाल पुँजीवादी महामारीका बारेमा चिन्तन गरेको देखियो, न कोरोना महामारीपछि विश्वगजत र देशमा आउन सक्ने नयाँ परिवेशको आँकलन नै गरेको देखियो ।

यी दबैखाले महामारीहरु एकापसमा अन्योन्यासि्रत छन् भन्ने बुझाइ नहुँदासम्म न हामी हाम्रो पराधीनताको अन्त्य गर्न सक्छौं, न भविश्यका महामारीहरुबाट बच्न नेपाली समाजलाई तयार गर्न नै सक्छौं ।

विश्वव्यापी बनाइएको बजारमुखी दलाल अर्थ व्यवस्थाले विश्वजगत ध्वस्त बनाउँदै वातावरणीय विनास र कहालीलाग्दो जलवायु परिवर्तनका असरहरुका कारण आउँदा दिनहरुमा यस्ता महामारीहरु बढेर जानेछन् । तिनले ल्याउने सबैभन्दा ठूला असरहरु हाम्रोजस्तो सानो र पराधीन अर्थतन्त्र भएको देशमा पर्ने निश्चित छ ।

विकासका नाममा हामीमाथि थोपरिएका पराधीन चलनहरु र अर्थ ब्यव्स्थाहरुलाई निरन्तरता मात्रै दिएर हाम्रो मौलिक समृद्धि प्राप्त गर्ने कुरा त परै जाओस् कहालीलाग्दो भविश्यलाई पर्गेल्ने क्षमतासमेत निर्माण गर्न सक्दैनौं । फरकखाले समाज, अर्थतन्त्र, विकास र प्रगतिको निर्माण गर्नु अनिवार्य भैसकेको छ र यो गर्ने समय आज नै हो ।

कोरोना माहामारीले विश्व अर्थतन्त्र र समाज विकासको क्रमभंगता गरि नयाँ संसारको सिर्जना हुनेछ भन्ने अड्कलबाजीहरु सुरु भएका छन् । अबको विश्व पहिलेको निरन्तरतामा र्फकन सक्दैन भन्नेहरुको जमात ठूलो छ ।

कतिपयले यो महामारीलाई एउटा इतिहासको अन्त्य र नयाँ इतिहासको सुरुवात पनि भनेका छन् । अब सदियौंसम्म इतिहासमा कोरोना अगाडिको विश्व -बिसी अर्थात बिफोर कोरोना) र कोरोन पछिको विश्व (एसी अर्थात अफ्टर कोरोना) भनेर समाज विकासको गतिको मापन हुनेछ भन्ने अड्कल गरिन थालेको छ ।

भनाइको मतलव, अबको अवस्था पहिलेकोजस्तो हुँदैन । त्यसकारण यो महामारीले ठूलाखाले परिवर्तनको अवसरसमेत सिर्जना गरेको छ भन्न थालिएको छ । तर, त्यस्ता परिवर्तनहरु आफंै आउँदैनन् । आफूले खोजेको परिवर्तन के हो त्यो, ल्याउनुपर्ने हुन्छ र अहिलेको अवस्थाले परिवर्तन ल्याउने वातावरण बनेको छ ।

प्रख्यात दार्शनिक नोम चोम्स्कीका अनुसार अहिलेको महामारीको मुख्य कारण उदारीकरणका मध्यमबाट विश्वब्यापी बनाइएको बजार अर्थतन्त्रको असफलता हो । उदारवादी बजार अर्थतन्त्रले एकातर्फ उत्पादन, श्रम शोषण र उपभोक्तावादलाई ब्यापक बनाइदियो, जसका कारण एक ठाउँमा सिर्जित कुनै रोग तत्कालै संसारभरि फैलिने भयो भने अर्कोतर्फ सरकारी स्वास्थ्य, शिक्षा तथा अन्य संरचनाहरु निजीकरण गरेर महामारीलाई धान्न सक्ने सरकारी क्षमतालाई ध्वस्त बनाइयो ।

कोरोना महामारी जस्ताको निकास भाइरसको सुइ पत्ता लगाएर मात्रै हुँदैन, बरु बजार अर्थतन्त्रले विनास गरेका संरचनाहरुको पुन निर्माण गर्दै नयाँ आर्थिक प्रणालीको सुरुवात गरेर मात्रै हुन्छ भन्ने नोम चोम्स्की जस्ता व्याख्याताको भनाइ छ ।

त्यसैगरी प्रख्यात भारतीय लेखिका अरुन्धती रोय अहिलेको महामारीलाई लामो समयदेखि जनताका विरुद्धमा प्रयोग भएको पुँजीवादी ‘थोत्रो रेल’ को उपज भएको ठान्छिन् । तर, पुँजीवादी आर्थिक प्रणालीका आधारभूत संरचनाहरु नै काम नलाग्ने गरी कोरोना भाइरसले आक्रमण गरेको र जनतामा यो थोत्रो रेलका पाटपूर्जाहरु उजागर हुने मौका भाइरसले दिएकाले अब नयाँ संसारको परिकल्पना गर्न कोरोना महामारी उत्प्रेरक हुने उनको भनाइ छ । उनका अनुसार यस्तो परिकल्पनालाई साकार बनाउने राजनीतिक संरचनाहरु निर्माण हुनु पहिलो आवश्यकता हो ।

नेपालमा पनि महामारीले देशलाई स्वाधीन अर्थतन्त्र निर्माण गर्न, लाखौंको संख्यामा विदेशिन बाध्य युवा जमातलाई आˆनो देशभित्रै स्थापित गराउन, खाद्यान्नमा आत्मनिर्भर बन्न, राष्ट्रिय स्वाधीनता बढाउन, शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा आमूल परिवर्तन गर्न र आर्थिक वृद्धिमा भन्दा जनताको सुख सुविधालाई मुख्य लक्ष राख्नेखालको नयाँ विकास अवधारणा निर्माण गर्न विशेष अवसर दिएको छ भन्ने भनाइ सर्वत्र आएको हो ।

तर, त्यस्ता परिवर्तनहरु ल्याउन चलन चल्तीमा रहेका परम्परावादी विकासे शैलीलाई त्यागेर विकासको नयाँ परिभाषासहित मौलिक कार्यक्रमहरुमा जोड दिनु पर्ने थियो ।

समृद्धिको अभियानको सुरुवातमा रहेको नेपालका लागि यो सबैभन्दा अनुकुल अवस्था छ । सरकारी दस्ताबेजहरुमा केही सामान्य तलमाथि पार्ने बाहेक नयाँ अवधारणासहित महामारीपछिको नयाँ समृद्धिसहितको नयाँ नेपाल निर्माण गर्ने खाका तयार भएको देखिएन । यस्तो नयाँ खाका अर्थशास्त्रीहरुले चली आएको आयव्ययको हिसाब गरेर मात्रै बन्दैन, बरु यो कामका लागि अर्थतन्त्रकै फरक परिभाषाको आवश्यकता पर्छ ।

देशको पराधीन अवस्थाको ब्याख्या गर्दै महामारीले सिकाएका पाठहरूलाई आत्मसाथ गरेर नाफामूलक भन्दा स्वाधीन र आत्मसन्तुष्टिमा आधारित जीवनयापनमूलक आर्थिक प्रणालीको विकास गर्न सके नयाँ समृद्धिको अभियान सुरु हुन्छ ।

केन्ऽ सरकारको बजेट तथा बिस्तृत कार्यक्रमहरु आउँदैछन् । प्रदेश सरकारहरु नीति तथा कार्यक्रमहरु ल्याउँदैछन् । महामारीको प्रकोप व्यवस्थापन गर्न कतिपय प्रदेश संरचनाहरु नयाँ ढंगले प्रस्तुत भएको देखिन्छ । धेरै जसो पालिकाहरु महामारीको असामान्य अवस्थामा प्रकोप नियन्त्रण गर्न, आपतमा परेकालाई व्यवस्थापन गर्न र जनतालाई सहयोग पुर्‍याउन धेरै सफल देखिए । पालिकाहरु चुनौतीको सामना गर्दै नयाँ अभियानको नेतृत्व दिन सक्छन् भन्ने देखाउन सफल भएका छन्।

स्थानीय समुदायहरु जस्तै सामुदायिक वनहरु अत्यन्त प्रभावकारी र आवश्यक देखिए। जिविकोपार्जन कृषिमा आधारित जीवनशैली महामारीको प्रकोपबाट धेरै आहत हुँदो रहेन छ । त्यसकारण विकासका नाममा परम्परागत सामुदायिक संरचनाहरु र चलन चल्तीहरु भत्काउने क्रम रोक्नुपर्ने देखियो । देशका यस्ता सकारात्मक र मौलिक अवस्थाहरुलाई प्रयोग गर्दै नयाँ भविश्यको सुरुवात गर्न अब ढिला गरियो भने नेपाल आत्मनिर्भर समृद्धिको अभियानमा अघि बढ्न सक्दैन।

नेपालका कतिपय अवस्था आधारभूतरुपमै अब परिवर्तन हुन्छन् । यी कुराहरुलाई बेलैमा मनन गर्न आवश्यक छ ।

पहिलो, बर्सेनि लाखौँको संख्यामा बैदेशिक रोजगारीमा जाने चलनको कम्तिमा केही बर्षका लागि अन्त्य हुन्छ । विदेशमा भएकाहरु फर्किने मात्रै होइन, नयाँ जानेहरुको संख्या पूर्णरुपमा घटेर जान्छ । बिगत ३० बर्षदेखि नेपाली समाजको अपमान हुने गरी तल्लो स्तरको कामदारको रुपमा विशेषगरी खाडी मुलुकमा गएर काम गर्ने अवस्थामा ठूलो परिवर्तन आउनुले आत्मसम्मानको अनुभूति हुनुका साथै नया जोस जाँगर पनि ल्याउन सक्छ । यो तथ्यलाई मनन नगरी बनाइएका केन्ऽ, प्रदेस वा पालिका तहका कुनै पनि कार्यक्रमहरु असफल मात्र होइन, आत्मघाती हुनेछन् ।

दोस्रो, विगत केही बर्षदेखि बर्षेनी झन्डै ५० देखि ६० हजारको संख्यामा नेपाली विध्यार्थीहरु पढ्नका लागि विदेशिने गरेका थिए । अहिले झन्डै ५ लाखको संख्यामा नेपाली विद्यार्थीहरु विदेशमा विशेष गरी पश्चिमा देशहरुमा छन् । बर्षको करिब २० देखि ३५ अर्ब रुपैयाँ बिदेशिने गरेका छन् । अब कम्ति अर्को एक दुइ वर्ष यी विद्यार्थीहरु विदेशिने अवस्था छैन ।

नेपालको उच्च शिक्षा प्रणालीमा व्यापक सुधार गर्दै नया निर्माणहरु नगर्ने हो भने स्थिति असामान्य हुनेछ । सही ढंगले कार्यक्रमहरु ल्याएको खण्डमा यो अवस्था देशका लागि ठूलो अवसर हुनेछ।

तेस्रो, ठूला औद्योगिक निर्माणमा बैदेशिक लगानी केही समयका लागि बन्द जस्तै हुन्छ। ठूला उद्योगहरु खोल्न बिदेशीहरु अहिले तत्काल आउँदैनन् । नेपालको पर्यटन क्षेत्र भने फेरि तत्कालै वृद्धि हुन्छ । तर देशमा औधोगिक उत्पादनको माग भने बढेर जानेछ । जसरी भूकम्पपछि केही समय बढेर गएको थियो, त्यसै गरी अहिले बैदेशिक रोजगारीमा जानेहरु स्थापित हुने सन्दर्भमा औधोगिक उत्पादनको माग ह्वात्तै बढेर जानेछ । देशको आˆनै लगानीमा साना तथा मझौला उद्योगहरु स्थापनामा जोड नदिने हो भने नेपालको अवस्था भारत तथा चीनको औद्योगिक उत्पादनमा झन् पराधीन भएर जानेछ र देशको आम्दानीको ठूलो हिस्सा बिदेशिने छ ।

चौथो, एनजीओ र आइएनजीओका गतिविधिहरु घटेर जानेछन् । साथै, उनीहरुका प्राथमिकताहरु फेरिने छन् । धेरैजसो धार्मिक र सांस्कृतिक एजेन्डामा सीमित हुनेछन्, जसका कारण समाज र सरकारहरुसँग मनमुटाव बढ्न गई कालान्तरमा एनजीओवादी विकासको अवधारणा नै संकटमा पर्ने देखिन्छ । यसले केही समय शैक्षिक बेरोजगारीलाई समेत बढाउने त छँदैछ । तर, यस्ता संघ संस्थाहरुले ठूलो मात्रामा गर्ने गरेको लगानीको अन्त्य हुने सम्भावना छ । नेपालमात्रै नभएर धेरैजसो साना देशहरुले यो अनुभूति गर्ने छन् ।

पाँचौं, रित्तिँदै गरेका पहाडी वस्तीहरुमा केही चहल-पहल बढ्ने छ र सामान्य ढंगको जनसंख्या वृद्धि हुने देखिन्छ । सही ढंगले व्यवस्थापन गर्न सके ठूलो अवसर हुनेछ । अन्यथा, विविधखाले राजनीतिक र सामाजिक समस्याहरु देखा पर्नेछन् । पालिकाहरुले यो कुरालाई मध्यनजर राखेर कार्यक्रमहरु बनाउनु अनिवार्यजस्तै देखिन्छ ।

छैठौं, महामारीले विश्व ‘ध्रुवीकरण झन् बढेर जाने देखिन्छ । अमेरिका र चीनबीचको शीतयुद्ध चर्कने अवस्था छ र नेपाल पुनः क्रीडास्थल बन्ने डरलाग्दो अवस्था आउन सक्छ ।

भारत र चीनबीचको बढ्दो व्यापारिक सामीप्यका कारण नेपालमा ठूला भौतिक संरचनाहरु निर्माणमा चीन तथा भारतको लगानीमा फेरबदल आउन सक्छ । नेपालले आˆनै लगानीमा निकासहरु र संरचनाहरु निर्माण गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने अवस्था झन् बढेर गएको छ । भारतसँगको सिमाना विवादका कारण फेरि नाकाबन्दीसम्मको अवस्था आउन सक्छ भनेर तयार हुनु बुद्धिमानी हुन्छ ।

अहिलेको परिस्थतिलाई हेर्दा यी कुराहरु महामारीले नेपालमा सिर्जना गरेको अकाट्य अवस्था हुन् । यी परिस्थितिलाई अवसरका रुपमा परिणत गर्नका लागि देशले नयाँ समृद्धिको खाका बनाउनुपर्छ । सम्पन्न नेपाल बनाउने भन्ने अभियान चलेको केही समय भएता पनि नेपालको मौलिक समृद्धि कस्तो हुन्छ, नेपालले खोजेको को के हो भन्ने कुरा अहिलेसम्म प्रष्ट पार्ने काम भएको छैन । पश्चिमा पुँजीवादी अवधारणाले विश्वव्यापी बनाएको नवउदारवादी बजारतन्त्रलाई नै समृद्धिको खाका देख्ने अहिलेको नेपालको अवस्थामा परिवर्तन नगर्ने हो भने नयाँ नेपालको कुरा त परै जाओस् देश पुरै दलाल पुँजीवादीतन्त्रको खाडलमा पर्नेछ ।

महामारीपछि कृषिमा जोड दिनुपर्छ भन्नेमा सबै सहमत नै देखिन्छ । तर, धेरैजसोको बुझाइ कृषिलाई बजारीकरण गर्ने भन्ने कुराबाट निर्देसित छ । वास्तवमा कृषिलाई बजारीकरणबाट जोगाउनुपर्छ । परिवार, समुदाय र गाउँहरु खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियान चलाउनुपर्छ । कृषिलाई बजारीकरण गर्ने अहिलेको गतिविधिले जिविकोपार्जनको यो महत्वपूर्ण स्रोत समेत दलाल पँुजीवादीकरण भै थप पराधीनता बढेर जानेछ ।

साना तथा मझौला उद्योगहरुमा व्यापक लगानी गरी देशको औद्योगिक उत्पादनको मागलाई पूरा गर्ने योजनाका साथ तीनै तहका सरकारहरुले कार्यक्रमहरु ल्याउनुपर्छ । बैदेशिक रोजगारीबाट र्फकने जनशक्तिलाई केन्ऽमा राखेर यो अभियान चलाएको खण्डमा धेरैखाले समस्याहरु समाधान हुन्छन् ।

खाद्यान्नमा आत्मनिर्भर बनाउन, उद्यमशीलता विकास गर्न र भौतिक संरचना निर्माणका लागि ब्यापकरुपमा प्राबिधिक जनशक्तिको आवञ्यकता बढेर जानेछ । सीपयुक्त जनशक्तिको अभावमा नेपालमा सञ्चालित आयोजनाहरुमा काम गर्ने कामदारहरु धेरैजस्तो बिदेशी छन् । यो कुरालाई ध्यानमा राखेर हरेक पालिकामा कम्तिमा एउटा प्राविधिक शिक्षालय खोलेर जनशक्ति उत्पादनलाई प्राथमिकतामा राख्नु अनिवार्य छ ।

कोरोना कहरका बाबजुद महामारीले नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशलाई स्वाधीन समृद्धि हासिल गर्नका लागि ठूला अवसरहरु आएका छन् । तर, समयमै पहिचान नगरेका कारण नेपालले यी अवसरहरु गुमाउँदै जाने सम्भावना बढेर गएको देखिन्छ ।

एक पटक पढ्नुहोस