अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि भइरहेको प्रदर्शनसँग जुध्नका लागि अमेरिकाका थुप्रै शहरमा कर्फ्यू लगाइएको छ ।
राष्ट्रपति ट्रम्पले वासिङ्टनमा कर्फ्यूको नियम कडा रुपमा लागू गर्ने बताएका छन् ।
वासिङ्टनमा स्थानीय समयानुसार ११ बजे कर्फ्यू लागू गर्ने निश्चित गरिएको थियो तर मेयरले अब बेलुका ७ बजेदेखि नै लागू गरिदिएका छन् । यस्तै, न्यूयोर्कका मेयरले पनि रात्री कर्फ्यूको घोषणा गरेका छन् ।
यसैबीच राष्ट्रपति ट्रम्पले हिंसा रोक्नका लागि आफूले हज्जारौं प्रहरी र सैनिक तैनाथ गर्ने बताएका छन् ।
