प्रहरी प्रमुखको ट्रम्पलाई सुझाव, ‘ढङ्गको केही बोल्न सक्नुहुन्नँ भने मुख बन्द राख्नुहोस्’

एक अफ्रिकी अमेरिकी नागरिकको प्रहरी हिरासतमा मृत्यु हुँदा पूरा अमेरिका अहिले रिसाएको छ । ठूलो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।

कति स्थानमा त यी प्रदर्शनले हिंस्रक रुपमा लिएको छ र प्रशासनले राजधानी वासिङ्टनसमेत थुप्रै ठूला शहरमा रात्री कर्फ्यूसमेत लगाउनु परेको छ ।

वास्तवमा, करिब हप्तादिन अघि अमेरिकामा एक श्वेत प्रहरी अधिकारीका कारण अश्वेत व्यक्ति जर्ज फ्लोयडको मृत्युको विषयमा हिंस्रक विरोध प्रदर्शन भइरहेको छ ।विरोध प्रदर्शनका कारण कम्तिमा ४० शहरमा कर्फ्यू लगाइएको छ तर यति हुँदाहुँदै पनि मानिसहरु सडकमा उत्रिरहेका छन् ।

यसमा कुनै शंका छैन यी प्रदर्शनले राष्ट्रपति डोनल्ड ट्रम्पको चिन्ता पनि बढेको छ ।

यसै वर्षको अन्त्यमा राष्ट्रपति चुनाव हँदैछ । एकातिर ट्रम्प कोरोना महामारीको संकटसँग जुधिरहेका छन् भने अर्कोतफए अब यो हिंसाले उनका लागि नयाँ समस्या खडा गरिदिएको छ ।

ट्रम्पले बढ्दो हिंसामाथि चेतावनी दिँदै यदि राज्यका गभर्नरले स्थिती नियन्त्रण गर्न विफल भए शान्ति स्थापनाको काम सेनालाई सुम्पिने बताएका थिए ।

यतिमात्रै होइन उनले अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युको विषयमा भइरहेको विरोध प्रदर्शनको आडमा एन्टिफाले दंगा भड्काएको पनि आरोप लगाए । उनले फासीवाद विरोधी समूह एन्टिफालाई आतंककारी संगठन घोषणा गरिने पनि जानकारी दिए ।

यसैबीच अमेरिकाका एक प्रमुख शहर ह्यूस्टनका प्रहरी प्रमुख आर्ट अक्वेडोको एउटा बयान चर्चामा आएको छ । एक समाचार च्यानलसँग कुरा गर्दै उनले डोनल्ड ट्रम्पलाई चुप बस्न सल्लाह दिए ।

एक पटक पढ्नुहोस