विद्युतीय सवारीसाधनमा भन्सार कर बढाउनु राष्ट्रघाती निर्णय : पम्फा भुसाल

सांसद पम्फा भुसालले विद्युतीय सवारीसाधनमा भन्सारकर बढाउने सरकारको निर्णय राष्ट्रविरोधी भएको टिप्पणी गरेकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले भनिन्, “विद्युतिय गाडीमा अहिले जुन ढंगले भन्सार बढाइएको छ, यो राष्ट्रविरोधी हो । मैले यसलाई राष्टघाती भनूँ कि नभनूँ ? विद्युतीय गाडी ल्याउदा डिजेल पेट्रोलका गाडी आउँदा केमा आउँछ नि ? डिजेल र पेट्रोल किन्दा के मा जान्छ नि ? त्यसैले यस्ता चकलेटी तर्क गरिनु हुन्न । कुनै पनि दृष्टिले यो निर्णय राष्ट्रहितमा छैन । यसलाई करेक्सन गरियोस् ।”

उनले बढी विद्युत् खपत गर्नेले सहुलियत पाउने नीति ल्याउन आग्रह गरिन् । विद्युत् विक्रि गर्ने विषयलाई भन्दा घरभित्र खपत बढाई भान्साबाट एलपि ग्यासका सिलिण्डर बाहिर निकाल्ने अवस्था श्रृजना गर्नुपर्नेमा उहाँले जोड दिइन् ।

निजी क्षेत्रलाई विद्युत्को अधिकार दिएपछि उपभोक्ताले महंगो शुल्क व्यहोर्नु परेको भन्दै उनले विद्युत्को उपभोग भरपुर रुपमा नेपाली जनताले गर्न पाउनुपर्ने ढंगले सरकारका कार्यक्रम अघि बढ्नुपर्ने तर्क गरिन् ।

उनले सरकारले अघि सारेको विजुली बढी प्रयोग गर्नेले बढी शुल्क तिर्नुपर्ने विषय समाजवादी सिद्धान्त अनुरुप नहुने धारणा राखिन् ।

उनले भनिन्, “तराईका जिल्लामा विद्युत् वितरण गर्ने नेपालीको हातमा होइन भारतको हातमा छ । कुनै दिन पेट्रोलियमको नाकाबन्दी गरे जस्तै विद्युत्को नाकाबन्दी भएर मधेसले दुख्ख भोग्नु नपरोस् ।”

उनले अर्थमन्त्रालयलाई जनताले मन नपराएको एमसिसि कार्यान्वय गर्ने मन्त्रालय नबन्न सुझाव दिए ।

सांसद भुसालले समाजवादमा जाने शिक्षा राज्यले दायित्व लिनुपर्ने,संघीय मामिला मन्त्रालयलाई कर्मचारीको पुर्नसंरचना गरि भार व्ययभार घटाउन,  केन्द्रीत मानसिकता र अभ्यासलाई वास्तविकतमा लैजान पनि माग गरे ।

 

एक पटक पढ्नुहोस