प्रदेश २ मा थपिए १७४ संक्रमित, सर्लाहीमा मात्रै १२० जनामा संक्रमण पुष्टि

जनकपुर । पछिल्लो २४ घण्टामा प्रदेश नम्वर  २ मा ७ जना महिला र १ सय ६७ जना पुरुष गरी कुल १ सय ७४ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जस अनुसार सप्तरी जिल्लामा १६ जना, महोत्तरी जिल्लामा १२ जना, सर्लाही जिल्लामा १ सय २० जना, रौतहट जिल्लाका ११, बारा जिल्लामा ७ जना र पर्सा जिल्लामा ८ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश नम्बर २ मा कूल संक्रमितको संख्या १३२३ पुगेको छ ।

यसैगरी प्रदेश नम्वर २ मा हालसम्म २ सय २६ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ

एक पटक पढ्नुहोस