पूर्वसभामुख कृष्णबहादुर महराको फेरियो जीवनशैली

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । महरा  पुर्ख्यौली गाउँ रोल्पा पुगेर हलो समाएर जोतिरहेको उक्त तस्बिरका बारेमा विभिन्न सकारात्मक र नकारात्मक टिप्पणीहरु पनि भैरहेका छन् । केही दिनअघि रोल्पा पुगेका महरा अहिले खेतपातीमा व्यस्त रहेको बताइन्छ । उनी बिहान र बेलुका खेतीपातीमा व्यस्त हुने र दिउँसो छलफलमा व्यस्त हुने गरेका छन् ।

महराको सम्पत्ति विवरणमा रोल्पाको लिवाङमा दुई तले पुरानो शैलीको एउटा घर र एक तले एउटा गोठ तथा ८ रोपनी सुख्खा पाखो मात्रै रहेको उल्लेख छ । उनी त्यही पाखोलाई उर्बर बनाएर खेती गर्न लागेको उनी निकट स्थानीयवासीको भनाई छ । गृहजिल्ला रोल्पा भएपनि महरा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी दाङका स्थानीय नेता–कार्यकर्तासँगको भेटघाटमा समेत व्यस्त हुने गरेका छन् । महरा सभामुख पदमा रहेकै बेला यौन दुराचारको आरोप लागेपछि गत असोज १९ गते पक्राउ परेका थिए । तर फागुन ५ गते अदालतबाट सफाई पाएपछि उनी रिहा भएका थिए

एक पटक पढ्नुहोस