रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास जाँदै

काठमाडौँ । नेपाली काँग्रेसको प्रतिनिधमण्डलले बुधबार प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्ने भएको छ ।

जेठ २६ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार कोभिड १९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनेछ ।

पार्टीका तर्फबाट नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल बुधबार बिहान विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार जाने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । जसमा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, सहमहामन्त्री डा. प्रकाशशरण महत, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र नेता रमेश लेखकसहतिका नेताले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने भएका छन् ।

एक पटक पढ्नुहोस