पाकिस्तानका प्रतिपक्षी नेतामा देखियो कोरोना, प्रधानमन्त्री इमरान खानमाथि लाग्यो दोष

पाकिस्तानको विपक्षी पार्टी मुस्लिम लिग –नवाज (पिएमएल–एन) का प्रमुख शहबाज सरीमा कोभिड–१९ (कोरोना भाइरस)को   छ सङ्क्रमण देखिएको छ।

यहाँ संक्रमितको संख्या १ लाख १९ हजार ५ सय ३६ पुगिसकेको छ । पीएमएल–एनका नेता अताउल्लाह तरारले ६८ वर्षीय शहवाजमा संक्रमण देखिनुमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान जिम्मेवार रहेको बताए ।

अताउल्लाहका अनुसार ९ जुनमा सम्पत्ती शुद्धिकरणको मुद्दामा जवाफ दिन उनी राष्ट्रिय जवाफदेही ब्युरो (एनएबी) मा उपस्थित भएका थिए र त्यही दिन उनमा संक्रमण देखियो । ‘एनएबीलाई कयौंपटक लिखित रुपमा यो जानकारी दिइएको थियो कि शहबाज क्यान्सरबाट पीडित छन् र उनको शरीरको प्रतिरोधी क्षमता कमजोर छ,’ तरार भन्छन्,‘भाइरसको जोखिमले शहवाज पहिल्यै हैरान थिए । तर एनएमबीकै कारण उनी घरबाट निस्कनुप¥यो । ‘यदी शहबाज सरीफलाई केही भयो भने त्यसको जिम्मा  प्रधानमन्त्री इमरान खान र एनएबीले लिनुपर्छ,’ तरारले भने ।

यसअघि सहबाज सरीफले एक विज्ञप्ति जारी गर्दै एनएबीलाई भनेका थिए, ‘मिडियामा यो स्पष्ट रुपमा आइसकेको छ कि एनएबीका केही अधिकारी कोभिड–१९ बाट संक्रमित छन् । कृपया ध्यान दिनुस् कि म क्यान्सरबाट पिडित थिएँ र ६९ वर्षको भइसकें । आफ्नो शरीरको कमजोर प्रतिरोधक क्षमतालाई ध्यानमा राख्दै मलाई घरबाट कमैमात्र बाहिर निस्कन चिकित्सकहरुले सल्लाह दिएका छन् ।’

शहबाज पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफका भाई हुन् । पाकिस्तानमा यसअघि पूर्व प्रधानमन्त्री शाहिद खाकान अब्बासी र रेल मन्त्री शेख राशिद अहमदलगायतका वरिष्ठ नेतामा कोरोना भाइरस देखिइसकेको छ ।
एक प्रान्तीय मन्त्री समेत चार सांसद्को मृत्यु कोरोनाकै कारण भइसकेको छ । पाकिस्तानमा अहिलेसम्म २ हजार ३ सय ५६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

 

एक पटक पढ्नुहोस