जनआस्थाविरुद्ध विप्लव समूहको धम्कीप्रति महासंघको आपत्ति

काठमाडौँ । काठमाडौंबाट प्रकाशित हुने जनआस्था साप्ताहिकको अनलाईन संस्करण ‘जनआस्था डटकम’ मा प्रकाशित समाचारको विषयलाई लिएर नेकपा विप्लव समुहका प्रकाण्डद्वारा विज्ञप्ति  जारी गरेर उक्त अनलाईनलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जेठ २६ गते बेलुकी ८ः०० बजे उक्त अनलाईनमा प्रकाशित ‘विप्लवका रणनीतिका बेलिविस्तार’ शीर्षक समाचारलाई लिएर प्रकाण्डद्वारा अनलाईनविरुद्ध धम्कीपूर्ण विज्ञप्ति जारी गरिएको महासंघमा जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर सम्बन्धित सञ्चार माध्यममार्फत खण्डन गर्ने, कानुनी उपचार खोज्ने वा प्रेस काउन्सिलमा उजुरी दिनुको साटो विज्ञप्ति निकाली धम्की दिनु प्रेस स्वतन्त्रताविरुद्ध हुने महासंघको ठहर छ । महासंघ प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता कार्य नदोहो¥याउन सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।’

एक पटक पढ्नुहोस