मणिपाल अस्पतालमा उपचाररत ३५ वर्षीय युवामा कोरोना

पोखरा । जेठ २२ गते सडक दुर्घटनामा परी पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि आएका  ३५ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । पर्वतको अम्बोटका ती युवाको बाहिरको त्यस्तो ट्राभल हिस्ट्री नदेखिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

उनीमा कोरोना संक्रमण देखिएलगत्तै मणिपालको न्युरो आइसीयू सेवा बन्द भएको मणिपालको अस्पताल प्रशासनले जानकारी दिएको छ । ती युवामा कोराना संक्रमण भएलगत्तै अस्पताल प्रशासनले अस्पतालमा कार्यरत २२ जना चिकित्सक र कर्मचारीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिएको छ ।

संक्रमित विरामीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसमा लगिसकिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशन डा. बिनोद बिन्दु शर्माले बताए ।

पर्वतका ती युवामा संक्रमण पर्वतमा नै देखियो वा अस्पतालमा देखियो भन्नेबारे भने अनुसन्धान भईरहेको पर्वत जिल्ला प्रशासनले बताएको छ । उनीसँगै गण्डकी प्रदेशमा शुक्रबारसम्म संक्रमितको संख्या १८८ पुगेको छ ।

एक पटक पढ्नुहोस