अमेरिकाको ६ राज्यमा २४ घण्टामा अहिलेसम्मको सर्वाधिक संक्रमित भेटिएका छन् ।
टेक्सस, फ्लोरिडा, ओकलाहोमा, एरिजोना, नेवाडा र ओरेगनमा मंगलबार हालसम्मको सबैभन्दा धेरै संक्रमित फेला परे ।
केही स्वास्थ्य अधिकारीले व्यापार पुनः सुचारु गरेका कारण यस्तो भएको बताएका छन् ।
टेक्ससका गभर्नरले अहिले धेरैको परीक्षण भइरहेका कारण संक्रमितको संख्या बढी देखिएको बताएका छन् ।
केही जानकारीका अनुसार ओरेगनमा एक चर्चका कारण २ सय बढी व्यक्ति संक्रमित भएका छन् ।
यी खबरबीच अमेरिकामा महामारीको नयाँ चरण सुरु हुन लागेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
यद्यपि, अमेरिकी राष्ट्रपतिले यसलाई खारेज गरिदिएका छन् । उनले यदि परीक्षण कम गर्ने हो भने धेरै कम संक्रमित देखिने उनले सोमबार बताएका छन् ।
