भावनासँग प्रेम गर्ने सुहाना

चलचित्र ‘ए मेरो हजुर ४’ यो बर्षको दशैंमा रिलिज नहुने पक्का भैसकेको छ । चलचित्र हल कहिलेदेखि खुल्छ भन्ने एकिन नहुनु, चलचित्रको बाँकी छायांकन सुरु गर्न नसक्नु आदि कारणले गर्दा दशैंमा दर्शकमाझ आउने नायिका सुहाना थापाको चाहना पनि पुरा हुन पाएन ।

नायिका सुहाना थापा भने आफ्नो दोश्रो काम दर्शकलाई चाडो भन्दा चाडो देखाउन पाइयोस् भन्ने चाहन्छिन् । तर, उनको सोचाई पुरा हुन पाएन । कृष्णभक्त नायिका प्रेम र भावनाको कुरा पनि फ्यानसँग शेयर गर्न पछि पर्दिनन् । उनै, सुहाना लेख्छिन्–‘के म भावनासँग प्रेम गर्छु ? वा म सत्य पत्ता लगाउने कोशिश गरिरहेको छु ।’

सुहाना आफ्नो मनमा उत्पन्न भएका भावनाको बिषयमा कुरा गरिरहेकी छिन् । सुहानाले केही बर्ष अगाडि एक यूवकको प्रेममा रहेको खुलासा चलचित्र ‘ए मेरो हजुर ३’को प्रमोशनको क्रममा गरेकी थिइन् ।

सुहानाले आफ्नो मनमा उब्जिएको प्रेमको भावनाको सत्यता चाडै पत्ता लगाउन सकुन्, सायद उनका फ्यान यही कुराको आशा गरिरहेका होलान् ।

एक पटक पढ्नुहोस